संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको हो । सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिए पनि बैंठक टुंगोमा पुग्न नसकेको हो । अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्ने बताईएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरूले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छविमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमा सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए । तर, दलहरूबीच सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । शीर्ष नेताको बैठकले संसद् सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।

आइतवार, ३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे