प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् । अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु निकै नै गर्भको कुरा भएको बताए ।
उनले भने ‘औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेका छन् । त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ । त्यसअर्थमा आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री दाहालले सरकार यसको लागि यस्ता कार्यमा अग्रसर रहने प्रतिवद्धता पनि जनाए । अनौपचारिक क्षेत्रका श्रमिकहरुको हकमा समेत राज्यको योगदानलाई कार्यन्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
‘औपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानहरूको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागिता लगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने छ । कोषको क्षमता अभिबृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकहरूलाई चरणवद्धरुपमा कोषमा आवद्ध गराउने कार्य सुरु गरिनेछ । त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिकहरूका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउन विषयमा सरकार गम्भीर रहेको र यसका लागि आवश्यक गृहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गर्दछु । ’ प्रधानमन्त्री दाहालले भने ।
यस्तै श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शरद सिंह भण्डारीले विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले, सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आर्कषणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताए । उनले भने ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि केही आधारभूत मान्यताहरु छन् । खासगरी गरिबी निवारणमा टेवा र श्रम बजारमा श्रम शक्तिको आर्कषण गर्नु नै हो ।’
नेपाली श्रमिकले सामाजिक सुरक्षा अभाव र न्यून ज्यालाका कारण नेपाली श्रमिकको विश्व बजारमा आर्कषण बढेको र नेपाली बजारमा श्रमिकको अभाव हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘नेपाली श्रम बजारमा सामाजिक सुरक्षाको अभावले अत्यन्त न्यून ज्यालामा काम गर्ने श्रम शक्ति विश्व बजारमा जान बाध्य भएका छन् र नेपाली श्रम बजारमा श्रमशक्तिको अभाव देखिन थालेको छ । यी विषयहरुलाई समेत सम्बोधन गर्ने गरी सामाजिक सुरक्षाको योजनाहरुलाई परिमार्जित र विस्तार गर्दै लैजानुको विकल्प छैन् ’ उनले भने ।

उनले अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएपछि श्रमिकको श्रमलाई व्यवस्थित गर्नसमेत सहज हुने उनको भनाई छ । ‘अनौपचारिक क्षेत्रका सबै श्रमिहरुलाई कोषमा आवद्ध गराउने गरी मुलत श्रमिकको नियुक्ति पत्र व्यवसायको कर चुक्ता प्रमाण पत्र संस्था नविकरण जस्ता विषयको काम गर्न सक्दा अनौपचारिक क्षेत्रलाई अपौचारिक बनाउन सहज हुन्छ’ उनले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले, अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले कार्यान्वायनमा थुप्रै चुनौति भएपनि सरकारले गरेको प्रयास सकरात्मक रहेको बताए । ‘नेपालको पूर्वाधारमा विकास निर्माणमा गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा गर्नु पर्ने, समृद्ध नेपालको लागि गर्नु पर्ने काममा कोषको सही सदुयोग गरेर मजदुरहरुको सुरक्षाको कोषले उनीहरुलाई सुरक्षा दिदै अगाडि बढोस्’ उनले भने ।

बिहिबार, ३२ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !