काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको बताएका छन्।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको मेयर शाहले शनिबार समाजिक सञ्जालमा लेख्दै उक्त कुरा बताएका छन्।

भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको, पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको उनले उल्लेख गरेका छन्।

अहिले प्रथम त्रैमासिक परीक्षा चलिरहेको र यसपछि अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्ने उनले बताए। उनले भने, ‘त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ।’

 

शनिबार, २७ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो