घ्याङलेख गाउँपालिकाले छोरी, बुहारीको शिक्षामा सहयोग गर्दै आएकाे छ । स्नातक र स्नातकोत्तर पढ्ने छोरी र बुहारीलाई नै गाउँपालिकाले छात्रावृत्ति प्रदान गरिरहेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताए । यसको लागि गाउँपालिकाले ‘घ्याङलेखको छहारी! शिक्षित छोरी, बुहारी!’ कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।

उपाध्यक्ष घलानले भने, ‘गाउँपालिकाले सूचना टाँस गरेर छात्रवृत्तिको लागि आवेदन माग गर्छ । आवेदन फारम भर्नुहुने सबै छोरी/ बुहारीलाई जुनसुकै विषय पढ्नको लागि पनि गाउँपालिकाले आर्थिक सहयोग गर्छ ।’ शैक्षिक क्षेत्रमा छोरी/ बुहारीको सहभागिता बलियो बनाउन गाउँपालिकाले पुरस्कारको समेत व्यवस्था गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।

‘स्नातक पास गरेर मात्र बिवाह गर्ने पालिकाभित्रका छोरीहरुलाई ५० हजार रुपैयाँ पुरस्कार दिन्छौँ ।’ स्नातकोत्तर पास गरेर बिवाह गर्ने छोरीहरु तथा बिवाह गरेर आउने बुहारीहरुलाई गाउँपालिकाले पुरस्कारस्वरुप ७५ हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै गाउँपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रमको नीति समेत चालु आर्थिक २०८०/०८१ वर्षदेखि ल्याएको छ । जस अन्तर्गत प्राविधिक धारका विषयहरु मार्फत नर्स, स्टाफ नर्स, इन्जिनियरिङ, डाक्टर पढ्न चाहने स्थानीयको लागि छात्रवृत्ति दिने व्यवस्था मिलाइने उपाध्यक्ष घलानले जानकारी दिए । ‘यसका लागि हामी छिट्टै आवेदन खुला गर्दै छौँ,’ प्राविधिक धारमा छात्रवृत्तिको लागि कोटा निर्धारण गरेर परिक्षा लिइने जानकारी दिँदै उनले भने । ‘परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कोटाअनुसार छात्रवृत्ति प्रदान गर्छौ ।’

पालिकाका स्थानीयलाई शिक्षामा प्रात्साहन गर्नका लागि सो कार्यक्रम गाउँपालिकाले ल्याएको उनले बताए । ‘बीचमै पढाइ छाडेर विदेश जाने, चाँडै बिहे गर्ने कार्यलाई रोक्न सकिन्छ की भनेर शिक्षामा प्रोत्साहन दिने कार्यक्रम ल्याइएको हो,’ उनले भने ।

उपाध्यक्ष घलानका अनुसार घ्याङलेख गाउँपालिकाभित्र हालसम्म स्नातक र स्नातकोत्तर पढाइ हुने कुनैपनि क्याम्पस छैनन् । उनले भने, ‘पछिल्ला तीन वर्षदेखि म आफैँ क्याम्पस स्थापनाको लागि पहल गरिरहेको छु । त्रिभुवन विश्वविद्यालय अन्तर्गतबाट क्याम्पस ल्याउन खोजेको तर अनुमति बन्द रहेछ । अन्तबाट अनुमति पाइएको छैन ।’

गाउँपालिकामा कक्षा १२ सम्म मात्र पढाइ हुने शैक्षिकसंस्था रहेको उनले जानकारी दिए । ‘यस वर्षबाट बल्लतल्ल माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) मा प्राविधिक धारतर्फ बाली विज्ञान विषय ल्याइएको छ । पालिकाभरी कक्षा १२ सम्म अध्यापन गराइने ४ ओटा विद्यालय छन् । त्यसमध्ये रामपुर माविमा मात्र व्यवस्थापन विषय पढाइ हुन्थ्यो । यस वर्षबाट बाली विज्ञान पनि थप गरिएको छ ।’

शनिबार, २७ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !