कैलालीमा मल नपाएपछि यहाँका कृषकले भारतबाट मल ल्याएर खेती गरेका छन् ।
कैलालीको दक्षिण पूर्वी क्षेत्रका कृषकले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका हुन् । कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका कृषकले रोपाइँ सकिने बेलासम्म पनि मल नपाउँदा भारतको तिकुनिया बजारबाट मल ल्याएको बताएका छन् ।
सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि नपाएको कृषकको गुनासो छ ।
टीकापुरको लक्ष्मीनारायण सहकारी संस्थाले भने पर्याप्त मल नपाएका कारण कृषकलाई उपलब्ध गराउन नसकेको जनाएको छ ।