अमेरिकाका पूर्व राजदुत तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा. अर्जुन कार्कीले भूपरिवेष्ठित राष्ट्रको बिकासमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन ।

आज संयुक्त राष्ट्र संघमा भूपरिवेष्ठित राष्ट्र समूहका अध्यक्ष बोट्सुवानका न्यूयोर्क स्थित प्रतिनिधि इस्मल टी डिबुथसंगको भेटमा उनले भूपरिवेष्ठित राष्ट्रको बिकासमा चुनौति भएपनि एक भएर लाग्नु पर्नेमा जोड दिएका हुन ।

उनले हाल भई रहेका अन्तर्राष्ट्रिय कुटनैतिक पहलहरु, आगामी बर्ष भूपरिबेष्ठित राष्ट्रहरुको किगालीमा हुने शिखर सम्मेलनको मुद्धाका बारेमा पनि छलफल गरेका छन । आगामी बर्ष संयुक्त राष्ट्रसंघको महासभामा भूपरिवेष्ठित राष्ट्रका एजेण्डा र कुटनैतिक सहकार्य गर्ने समेत सहमति भएको छ । यस अघि उनले संयुक्त राष्ट्रसंघको दिगो बिकासकालागि उच्च स्तरिय राजनैनिक मञ्चमासमेत सम्बोधन गरेका छन ।

त्यसैगरी एलएलडिसीको सहयोग र सहभागिताका सम्बन्धमा उनले सहभागिता जनाएका थिए । डा. कार्कीले सिभिल इङगेजमेण्ट विथ जी टु र युएन बिषयक बैंठकमा समेत नेपालको तर्फबाट सहभागिता जनाएका छन । त्यसैगरी दुईसाता लामो भ्रमणमा उनले राजदुत रबाब फातिमा, कम विकसित देशहरु भुपरिवेष्ठित बिकासिल देशहरु र साना टापुहरु विकाशिल राष्ट्रहरुकालागि संयुक्त राष्ट्रसंघका उपमहासचिव र उच्च प्रतिनिधिसंग संयुक्त राष्ट्रसंघको कार्यालय न्यूयोर्कमा भेटेर सहयोग र बिकासका बारेमा जानकारी गराएका थिए ।

संयुक्त राष्ट्रसंघमा एलायन्स अफ स्माल आईल्याण्ड स्टेट्स एओएसआईएसका अधयक्ष फातुमानवा डा. पाओलेई लुटेरुसंग पनि सानाटापु राष्ट्रहरुको बिकासको अवस्था, आगामी विकासका कार्यक्रम र एसआईडिएसको शिखर सम्मेलन बारेपनि छलफल गरेका थिए । उनले आगामी दिनमा विकास आदान प्रदान, नयाँ प्रोजेक्ट र गर्न सकीने कामका बारेमा जानकारी गराएका थिए ।

बुधबार, ३ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान