Trending
अमेरिकाका पूर्व राजदुत तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा. अर्जुन कार्कीले भूपरिवेष्ठित राष्ट्रको बिकासमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन ।
आज संयुक्त राष्ट्र संघमा भूपरिवेष्ठित राष्ट्र समूहका अध्यक्ष बोट्सुवानका न्यूयोर्क स्थित प्रतिनिधि इस्मल टी डिबुथसंगको भेटमा उनले भूपरिवेष्ठित राष्ट्रको बिकासमा चुनौति भएपनि एक भएर लाग्नु पर्नेमा जोड दिएका हुन ।
उनले हाल भई रहेका अन्तर्राष्ट्रिय कुटनैतिक पहलहरु, आगामी बर्ष भूपरिबेष्ठित राष्ट्रहरुको किगालीमा हुने शिखर सम्मेलनको मुद्धाका बारेमा पनि छलफल गरेका छन । आगामी बर्ष संयुक्त राष्ट्रसंघको महासभामा भूपरिवेष्ठित राष्ट्रका एजेण्डा र कुटनैतिक सहकार्य गर्ने समेत सहमति भएको छ । यस अघि उनले संयुक्त राष्ट्रसंघको दिगो बिकासकालागि उच्च स्तरिय राजनैनिक मञ्चमासमेत सम्बोधन गरेका छन ।
त्यसैगरी एलएलडिसीको सहयोग र सहभागिताका सम्बन्धमा उनले सहभागिता जनाएका थिए । डा. कार्कीले सिभिल इङगेजमेण्ट विथ जी टु र युएन बिषयक बैंठकमा समेत नेपालको तर्फबाट सहभागिता जनाएका छन । त्यसैगरी दुईसाता लामो भ्रमणमा उनले राजदुत रबाब फातिमा, कम विकसित देशहरु भुपरिवेष्ठित बिकासिल देशहरु र साना टापुहरु विकाशिल राष्ट्रहरुकालागि संयुक्त राष्ट्रसंघका उपमहासचिव र उच्च प्रतिनिधिसंग संयुक्त राष्ट्रसंघको कार्यालय न्यूयोर्कमा भेटेर सहयोग र बिकासका बारेमा जानकारी गराएका थिए ।
संयुक्त राष्ट्रसंघमा एलायन्स अफ स्माल आईल्याण्ड स्टेट्स एओएसआईएसका अधयक्ष फातुमानवा डा. पाओलेई लुटेरुसंग पनि सानाटापु राष्ट्रहरुको बिकासको अवस्था, आगामी विकासका कार्यक्रम र एसआईडिएसको शिखर सम्मेलन बारेपनि छलफल गरेका थिए । उनले आगामी दिनमा विकास आदान प्रदान, नयाँ प्रोजेक्ट र गर्न सकीने कामका बारेमा जानकारी गराएका थिए ।