तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्प व्यवसायलाई थप विस्तार गर्न प्रविधिको प्रयोग गर्न थालेका छन् ।

विद्यार्थीले पुष्प व्यवसाय विस्तारका लागि गत वर्ष पुष्प खेतीबाट आम्दानी गरेको रकमले पावर ट्रिलर खरिद गरेका छन् । विद्यार्थी सन्दीप मल्लले कृषिलाई यान्त्रीकरणसँगै जोड्दै कम लागतमा धेरै आम्दानी गर्न पावर ट्रिलर खरिद गरेको बताए ।

विद्यार्थी मल्लका अनुसार गतवर्ष गरेको पुष्पखेती उत्पादन बढाउन विद्यार्थीले नै बनाएको कोषबाट ट्रिलर खरिद गरेको बताए । मल्लले गत वर्ष दश कठ्ठा क्षेत्रफलमा मात्रै पुष्पखेती गरेकोमा अहिले प्रविधिको प्रयोग गरेर क्षेत्रफल थप बढाउन थालिएको बताए ।

कृषि विषय अध्ययन गर्दैआएकी विद्यार्थी स्पन्दन भुषालले गतवर्ष पुष्प बिक्री गरेकोमा यो वर्ष फूलका बिरुवासमेत बिक्री गर्ने तयारी भइरहेको बताए । कलेजले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्पखेती, बेमौसमी तरकारी खेतीमा विद्यार्थीलाई जोड्दै आएको छ ।

कलेज प्रमुख वसन्त आचार्यले शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँदै गरिरहेको बताए । शिक्षालय प्रमुख आचार्यले विद्यार्थीले फूलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीले नै कोष बनाउने समेत जानकारी दिए ।

गतवर्ष विद्यार्थीले पुष्प खेतीबाट चार लाख आम्दानी गरेका थिए ।

आइतवार, ३१ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे