केहिवर्ष अघि नेपालको शैक्षिक इतिहासमै पहिलो पटक जलवायुको विषय समावेश गरिएको थियो । यद्यपि धेरै बालबालिकामा जलवायु परिवर्तन सम्बन्धी बुझाइ अहिले पनि कमजोर रहेको छ । तापक्रम वृद्धिको प्रभावले हिमाली क्षेत्रका मानिसहरूमा जोखिम बढ्दैछ । यसैबीच, जलवायु परिरवर्तनको प्रभावबारे विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा विद्यालयहरू अलमलमा रहेको, शिक्षक र विज्ञहरूले बताएकाछन् ।
सन् २०१९को डिसेम्बर महिनामा पहिलो पटक शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले नेपालको शैक्षिक लक्ष्यमा जलवायु शिक्षा को पाठ्यक्रम विकास गरी प्रकाशन गरेको थियो । उक्त पाठ्यक्रमको सिकाइ उद्देश्यमा, नागरिकहरूलाई जलवायु परिवर्तन सम्बन्धी सचेत बनाउनु र प्राकृतिक तथा मानव सिर्जित प्रकोपको सम्भावित जोखिमहरू घटाउन र व्यवस्थापन गर्न सक्षम बनाउनु लेखिएको छ । त्यसको तीन वर्ष वितिसक्दा पनि जलवायु परिवर्तन सम्बन्धी पर्याप्त पठन सामग्री उपलब्ध नभएको शिक्षाविद् र विद्यालयका शिक्षकहरूको भनाई छ ।
जलवायु शिक्षामा पाठ्य सामग्रीको अभाव
रमादेवी काफ्ले अर्याल भरतपुर चितवनको श्री आधारभूत विद्यालयकी शिक्षिका हुन् । सामाजिक शिक्षा लगायत विभिन्न विषय पढाउने शिक्षिका अर्याल सरकारले जलवायु परिवर्तन वा अन्य वातावरणीय विषय पढाउनको लागि उपयुक्त मार्गदर्शन वा शैक्षिक सामग्री प्रदान नगरेको शिक्षिका रमादेवी काफ्लेको भनाई छ ।

श्री आधारभूत विद्यालयकी शिक्षिका अर्याल पढाउने बिद्यालय चितवन राष्ट्रिय निकुञ्जको नजिकै पर्छ । निकुञ्ज र निकुञ्ज वरपरका क्रियाकलापले आदिवासी लगायतका स्थानीय समुदायलाई फाइदा पनि पुर्याएको छ र अप्ठ्यारो पनि पारेकोछ । विद्यालयमा पढ्ने ८० प्रतिशत भन्दा बढि विद्यार्थी आदिवासी चेपाङ् समुदायका छन् । सामाजिक शिक्षाको किताबमा जलवायु परिवर्तनसम्बन्धी एउटा पाठ छ तर त्यसमा सामान्य जानकारी मात्र भएको अर्यालको भनाई छ । पढाइलाई थप प्रभावकारी बनाउन हामीसँग न थप सामग्री छ न तालीम नै पाएका छौँ । कहिलेकाहीँ युट्युबमा हेरेर वा अन्य किताब पढेर पढाउने प्रयास गर्छौँ ।’
सगरमाथाको आधार शिविर रहेको जिल्ला सोलुखुम्बुका शिक्षकहरूले पनि बढ्दो तापक्रमले हिमाली क्षेत्रमा पारिरहेको समस्याबारे विद्यार्थीहरूलाई बुझाउन आफूहरूलाई गार्हो भएको बताएकाछन् । सोलुखुम्बुमा अवस्थित खुमजुङ् माध्यामिक विद्यालयका प्रधानाध्यापक नवाङ् दोर्जी बाइङ्ले सरकारको तर्फबाट जलवायु शिक्षा सम्बन्धी कुनै पनि कार्यक्रम नआएको बताए ।
‘सरकारी अधिकारी र विज्ञहरू हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पार्ने गम्भीर असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो लिएर कुरा गर्छन् । तर जलवायु परिवर्तनको प्रभाव र अनुकूलनको बारेमा थप थाहा हुनुपर्ने यहाँका बालबालिकालाई सूचित गर्न खासै चासो नदिएको उन्को गुनासो छ ।
करिब १२ देखि १३ वर्ष उमेर समुहका विद्यार्थीहरू पढ्ने कक्षा ७ र ८को लागि संघीय सरकारले बनाएको पाठ्यक्रम अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी छुट्टै पाठ पढाइन्छ । तर त्यसपछि १७ वर्षको उमेरसम्म वा माध्यमिक शिक्षाको अन्तिम तह १२ कक्षा पुग्दासम्म जलवायु परिवर्तन सम्बन्धी थप अध्ययनको लागि यस पाठ्यक्रमले कुनै पाठ्यपुस्तक तोकेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले जलवायु परिवर्तन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थानको विषयलाई सम्बोधन गर्ने गरी वर्तमान पाठ्यक्रमको विकास गरेको केन्द्रका एक प्रतिनिधिले बताए । सोलुखुम्बु विद्यालयका प्रधानाध्यापक बाइङ् भन्छन् सूचनाको यो खाडललाई केही हदसम्म गैरसरकारी सँस्थाहरूले पुरेका छन् । जलवायु परिवर्तनको बारेमा विद्यार्थीहरूलाई कसरी बुझाउने भनी शिक्षकहरूलाई तालीम दिएका छन् । वातावरण संरक्षणबारे शिक्षक र विद्यार्थीहरूको बुझाइ वृद्धि गर्न आवश्यक छ । ‘विद्यार्थीहरू सक्रिय छन् र आफ्नो क्षेत्रमा के भइरहेको छ र आफूले के योगदान गर्न सकिन्छ भनेर जान्न इच्छुक छन् । तर स्रोत सिमित भएकाले सहकार्य पनि सिमित छ,’ राई भन्छन् ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत ढुंगाना भने जलवायु परिवर्तन सम्बन्धी शिक्षामा शिक्षकहरूलाई सहयोग पुर्याउन पर्याप्त सामग्री छैन भन्ने तर्कसँग सहमत छैनन् । ‘एउटा शिक्षा दिग्दर्शन छ र शिक्षकहरूको लागि तालीमको पनि व्यवस्था छ,’ ढुंगाना भन्छन् । ‘स्रोत सामग्रीहरू पर्याप्त छन् र जलवायु परिवर्तन सम्बन्धी पाठहरू पनि पर्याप्त छन् ।’
जलवायु परिवर्नबारे धेरै विद्यार्थीहरू अनभिज्ञ
विद्यार्थीहरूसँग प्रत्यक्ष कुरा गर्दा उनीहरूबाट आएको जवाफले वर्तमान पाठ्यक्रम अन्तर्गत जलवायु परिवर्तनको विषयले शिक्षणमा पाउने स्थान सम्बन्धी प्रश्न उठाएको छ । ललितपुरको युनाइटेड स्कुलमा कक्षा ८मा पढ्ने १३ वर्षीया छात्रा ओजस्वी शाक्य वातावरणीय विषयमा जान्न इच्छुक छिन् । ‘हामीलाई सास फेर्न स्वच्छ हावा र पिउनको लागि सफा पानी चाहिन्छ । त्यसैले वातावरण जोगाउनु हामी सबैको दायित्व हो,’ उनी भन्छिन् । तर शाक्यले कक्षा कोठामा वातारणको बारेमा धेरै सुनेकी छैनन् । ‘हामीले त्यस विषयमा केही सिकेका छैनौँ तर जान्न चाहन्छौँ । नेपालको कूल जनसंख्या करिब ३ करोडको २७.८ प्रतिशत १४ वर्ष मुनिका बालबालिका छन् । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले दक्षिण एसियाका ८ देशमा १५ देखि २४ वर्ष उमेर समूहका झण्डै २६,००० सहभागीहरूमाझ सन् २०२०मा एक सर्भेक्षण गरेको थियो । सर्भेक्षणले जलवायु शिक्षामा ठुलो खाडल रहेको पत्ता लगायो । पाकिस्तान, भारत, अफगानिस्तान र श्रीङ्काका सहभागीमध्ये १०मा एक सहभागीले जलवायु परिवर्तको बारेमा केही पनि नसुनेको बताए । जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धीको व्याख्या गर्न सक्ने सबैभन्दा धेरै विद्यार्थी (सहभागीताको ५० प्रतिशत) बङ्गलादेशमा थिए भने सबैभन्दा कम (२७ प्रतिशत) पाकिस्तानमा थिए । नेपालका ४,१९७ सहभागीमध्ये ३४ प्रतिशतले मात्रै जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धीको व्याख्या गर्न सकेका थिए ।.
जलवायु परिवर्तन सम्बन्धी सरकारको एकमात्र समर्पित निकाय वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको नेतृत्व गर्ने बुद्दीसागर पौडेल भन्छन्, ‘पर्यावरण शिक्षाको बारेमा छलफल थोरै हुन्छ भन्ने कुरा म स्वीकार्छु । समन्वयमा अलिकति कमजोरी छ । हामीले सम्बन्धित मन्त्रालयले हेर्छ भन्ने ठान्छौँ, तर उनीहरूले हामीले हेर्छौँ भन्ने ठान्छन् ।

स्थानीय स्तरमा जलवायु शिक्षा
‘जलवायु र पर्यावरण शिक्षाको बारेमा हामीले अझै धेरै काम गर्नुपर्छ किनभने भविष्यको लागि यही नै सबैभन्दा दिगो लगानी हो,’ वातावरण अभियानकर्मी सञ्जीवनी योञ्जन श्रेष्ठ भन्छिन् । ‘हामीले अहिले गरेको भन्दा धेरै गर्न सक्छौँ र त्यसको लागि हामीले स्थानीय सामग्रीको प्रयोग गर्ने र सम्बन्धित स्थानमा उपयुक्त हुने प्रकारका तालीम प्रदान गर्न सक्छौँ । ‘
स्थानीय परिवेश सुहाउँदो सिकाइ हुनुपर्ने योञ्जनको तर्क छ । विद्यार्थीलाई तिनीहरू वरिपरिको वातावरण वा पर्यावरणको खोजी गरी सिकाउने र यसैको आधारमा विश्वमा भैरहेको परिवर्तनको बारेमा बताउनुपर्ने उनको तर्क छ । सन् २०१०मा समाजसेवी तथा शिक्षासेवी म्यागी डोयनले सुर्खेतमा स्थापना गरेको कोपिला भ्याली स्कुलमा यही विधि अपनाइन्छ । डोयन भन्छिन्, ‘हामी विद्यार्थीलाई बाहिर प्रकृतिमा गएर त्यसैबाट सिक्न लगाउँछौँ, अनि हाम्रा शिक्षकहरू उनीहरूलाई सहयोग गर्छन् ।

जलवायु शिक्षामा नेपालको जरूरी आवश्यकता सम्बोधन गर्न सरकारले बनाएको पाठ्यक्रम पर्याप्त नभएको कुरामा डोयन सहमत छिन् । सबैजसो शैक्षिक संस्थाले पर्यावरणीय विषयबारे डर देखाइरहेका छन् । बालबालिकाहरू प्रकृतिसँग डराउन थालेका छन्,’ डोयन भन्छिन् । ‘हामी वयस्कले प्रकृतिसँग हामी कसरी घुलमिल हुन्छौँ र प्रकृतिलाई हामीले कसरी सहयोग पुर्याउन सक्छौँ भनी देखाउन सक्छौँ । यसले उनीहरूलाई प्रोत्साहित गर्छ र प्रकृतिलाई प्रेम गर्न सिकाउँछ र उनीहरूले भविष्यमा यसको रक्षा गर्न सक्छन् ।

बिहिबार, २८ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा