नेपालका अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकी राष्ट्रपतिको कार्यालयले शुभकामना दिएको छ । कडा मेहनत र लगनले तपाईंलाई जुन मुकामसम्म पु¥याएको छ, यसले तपाईंलाई धेरै अगाडि लैजाने छ, तपाईंसँग गर्व गर्नलायक थुप्रै कुरा छन, राष्ट्रपति जो बाइडेनको हस्ताक्षरसहितको शुभकामना पत्रमा भनिएको छ ।

पत्रमा अहिलेसम्मको उपलब्धिका लागि सुनारलाई बधाइ दिँदै आगामी वर्ष थप उपलब्धिका लागि शुभकामना दिइएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले अनलाइनबाटै ‘प्रेसिडेन्सियल ग्रिटिङ रिक्वेस्ट’ गर्न पाउने व्यवस्था गरेको छ । अर्थात ह्वाइट हाउसको वेबसाइटमा गएर कुनै पनि व्यक्ति वा संस्थाले आफ्ना उपलब्धि, उत्सव, चाडपर्वका लागि राष्ट्रपतिबाट शुभकामना माग्न पाउँछ ।

त्यसमा आफ्नो दाबी वा उपलब्धि पुष्टि गर्न विभिन्न कागजातहरू पनि पेस गर्नुपर्ने हुन्छ । तर, ह्वाइट हाउसले बिनाअध्ययन यस्तो आवेदन स्वीकारचाहिँ गर्दैन ।

सुनारले गत जनवरीमा अप्लाइ गरेका थिए । पाँच महिनापछि ह्वाइट हाउसले उनलाई शुभकामना पत्र पठाएको हो ।
तीन दिनअघि ओहिओ राज्यस्थित आफू बस्ने घरमै राष्ट्रपति बाइडेनको हस्ताक्षर भएको शुभकामना पत्र आइपुगेको सुनारले बताए । अप्लाइ गर्दा आफू बस्ने घरको ठेगाना पनि दिनुपर्ने हुन्छ । आवेदन स्वीकृत भयो भने सोही ठेगानामा पत्र आउँछ, उनले भने ।

यसअघि उनलाई अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्ब्रुअरीमा सम्मान गरेको थियो । दिनेशको सम्मानमा सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई ‘दिनेश सुनार डे’ घोषित गरेका थिए ।

यति मात्र होइन, गिनिज वर्ल्ड रेकर्ड्स डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र दिनेश पनि परेका थिए । यो मनोनयनमा दिनेशसहित उत्तर अमेरिकासहित चीन, जापान, बेलायत र मेक्सिकोका खेलाडी परेका थिए ।

‘मलाई समग्र उत्तर अमेरिकाको प्रतिनिधित्व हुने गरी मनोनीत गरिएको थियो, दिनेशले भने ।

शनिबार, ६ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !