बौद्ध समाज कोलोराडो अमेरिकाले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाएको छ । बौद्धसमाजका अध्यक्ष तथा समाजसेवी श्याम श्रेष्ठले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाउन आग्रह गरेपछि भव्य रुपमा बुद्धजयन्ती मनाईएको हो ।

कार्यक्रममा सबैलाई बुद्धको शान्तिको पथ प्रर्दशकको रुपमा उभिन आह्वानसमेत गरीएको थियो । बिश्व शान्तिका महानायक, राष्ट्रिय बिभूतिको रुपमा रहेका शाक्यमुनि गौतम बुद्धको २६४७ औ जन्मजयन्ती भव्यरुपमा मनाउन अमेरिकामा रहेका बौद्ध धर्मावलम्बी नेपालीहरुको सहभागिता थियो ।

मे १३, २०२३ शनिबार डेनभरमा गौतम बुद्धको उपदेशको चर्चासहित शान्ति ¥याली निकालीएको थियो । सिभिल सेन्टर पार्कमा भएको कार्यक्रममा बुद्ध सम्बिन्ध प्रवचन र भजनकृतनसमेत पाठ गरीएको थियो ।

बुद्ध धर्मका सन्देश, गौतम बुद्धका उपदेश, बिश्व शान्ति, अहिंसाको उद्धेश्यसहित बृहत कार्यक्रसंगै सहभागिहरुले आ–आफ्नो धारण राखेका थिए । सकरात्मक सोच, शान्ति र समाज सेवामा समर्पित श्रेष्ठले बिश्व समुदायलाई शान्तिको बाटोमा हिड्न मार्गदर्शन गर्ने पनि बताए ।

कार्यक्रकमा संखुवासभा समाज अमेरिकासंगै अमेरिकामा रहेका बिभिन्न नेपाली संघ, संस्थाका प्रतिनिधि र नेपालीहरुको सहभभागिता थियो । नेपालको राष्ट्रियता झल्कीने पोशाक, बाजागाजासहित सहभागि भएका नेपालीहरुले बुद्धको उपदेश अहिले पनि सान्र्दभिक भएको भन्दै बुद्धको उपदेशलाई अनुशरण गर्न आग्रह गरका थिए ।

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान