Trending
बौद्ध समाज कोलोराडो अमेरिकाले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाएको छ । बौद्धसमाजका अध्यक्ष तथा समाजसेवी श्याम श्रेष्ठले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाउन आग्रह गरेपछि भव्य रुपमा बुद्धजयन्ती मनाईएको हो ।
कार्यक्रममा सबैलाई बुद्धको शान्तिको पथ प्रर्दशकको रुपमा उभिन आह्वानसमेत गरीएको थियो । बिश्व शान्तिका महानायक, राष्ट्रिय बिभूतिको रुपमा रहेका शाक्यमुनि गौतम बुद्धको २६४७ औ जन्मजयन्ती भव्यरुपमा मनाउन अमेरिकामा रहेका बौद्ध धर्मावलम्बी नेपालीहरुको सहभागिता थियो ।
मे १३, २०२३ शनिबार डेनभरमा गौतम बुद्धको उपदेशको चर्चासहित शान्ति ¥याली निकालीएको थियो । सिभिल सेन्टर पार्कमा भएको कार्यक्रममा बुद्ध सम्बिन्ध प्रवचन र भजनकृतनसमेत पाठ गरीएको थियो ।
बुद्ध धर्मका सन्देश, गौतम बुद्धका उपदेश, बिश्व शान्ति, अहिंसाको उद्धेश्यसहित बृहत कार्यक्रसंगै सहभागिहरुले आ–आफ्नो धारण राखेका थिए । सकरात्मक सोच, शान्ति र समाज सेवामा समर्पित श्रेष्ठले बिश्व समुदायलाई शान्तिको बाटोमा हिड्न मार्गदर्शन गर्ने पनि बताए ।
कार्यक्रकमा संखुवासभा समाज अमेरिकासंगै अमेरिकामा रहेका बिभिन्न नेपाली संघ, संस्थाका प्रतिनिधि र नेपालीहरुको सहभभागिता थियो । नेपालको राष्ट्रियता झल्कीने पोशाक, बाजागाजासहित सहभागि भएका नेपालीहरुले बुद्धको उपदेश अहिले पनि सान्र्दभिक भएको भन्दै बुद्धको उपदेशलाई अनुशरण गर्न आग्रह गरका थिए ।