सर्लाहीको हरिपुर नगरपालिकामा रहेको गैरसरकारी संस्था स्थानीय समाज विकास केन्द्र (एलएसडिसी)ले हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नामक एक अमेरिकी गैरसरकारी संस्थाको आर्थिक सहयोगमा पर्सा गाउँपालिकालाई २८ लाख रुपैयाँ मुल्य बराबरको मेडिकल उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ।

वडा न ५ का वडाध्यक्ष वडा अनिल कुमार यादवको अध्यक्षता बुधबार एक कार्यक्रमको आयोजना गरि हेल्पिङ्ग ह्यान्डका कार्यक्रम अधिकृत जीवा पोखरेल मार्फत गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादवलाई वडा न ५ मा रहेको स्वास्थ्य चौकी(बर्थिङ्ग सेन्टर)को लागि सो मुल्य बराबरको मेडिकल उपकरण तथा स्वास्थ्यकर्मी उपचार सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

एलएसडिसी का प्रोग्राम म्यानेजर अर्जुन थापाका अनुसार हस्तान्तरण गरिएका सामाग्रीहरुमा विद्युतिय पेसेन्ट बेडसहित बिरामीको उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरु र सिरिन्जदेखि अन्य अतिआवश्यक सामाग्रीहरु रहेका छन् ।

पुर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सांसद विमला अन्सारी र गापा अध्यक्ष यादवको विशिष्ठ आतिथ्यतामा सम्पन्न मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा हेल्पिङ्ग हर्टका महासचिव मेराज खान, एलएसडिसी का प्रतिनिधि रेवती कुमारी न्यौपाने स्थानीय समाजसेवी, स्वास्थ्य चौकी तथा गाउँकार्यपालिकाका कर्मचारी, भद्रभलादमी लगायतको थियो।

हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै गापा अध्यक्ष यादवले गरिब तथा विपन्न समुदायको लागि भनेर हेल्पिङ्ग ह्यान्ड र एलएसडिसीले प्रदान गरेको यस्ता उपकरण र स्वास्थ्य सामाग्रीहरुको सहायताले यस स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टरमा आउने बिरामीहरुको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

जिल्लाको हरिपुर नगरपालिका १, हजारबिधामा रहेको एलएसडिसी संस्थासँगको सहकार्यमा हेल्पिङ्ग ह्यान्डले आफ्नो कार्यक्षेत्रमा शुद्ध खाने पानीको लागि फिल्टरेसन प्लान्टहरुको निर्माण गर्नुका साथै गत वर्षदेखि हरिपुर नगरपालिका र पर्सा गाउँपालिकाका गरिब तथा विपन्न समुदायको लागि भनेर शिक्षा,स्वास्थ्य, सिप विकास,क्षमता अभिबृद्धि र राहत वितरण कार्यक्रमहरुको साथसाथै ५० जना बाबुआमा गुमाएका टुहुरा बालबालिकाहरुको अभिभावक बनेर उनीहरूको पढाइलाई निरन्तरता दिन राहत स्वरुप जनही नगद १२ हजार रुपैयासहित खाद्यान्न, शैक्षिक सामाग्री र मौसम अनुसारको लत्ताकपडाहरु प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रमहरु विभिन्न प्याकेजको रुपमा ५ वर्ष सम्म निरन्तर चलिरहने एलएसडिसी का प्रोग्राम म्यानेजर थापाले बताए ।

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे