Trending
वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बुढानीलकण्ठ नगरपालिकामा शिविर चलाएर ३ हजार जनालाई दृष्टि दिएका छन् । मोतियाबिन्दुको सफल शल्यकृया गरेर करिब ३ हजार जनाको आँखाको उपचार गराएका हुन् ।
विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापद्धति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता एवं तिलगंगा आँखा केन्द्रका निर्देशक सन्दुक रुईतद्वारा मोतियाबिन्दुको शल्यक्रिया र आँखाका अन्य समस्याहरुको परीक्षण भएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान र आनन्द संघ काठमाडौंको संयुक्त आयोजनामा बैशाख २५ गते देखि २७ दिनसम्म शिविर चलेको थियो । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको फुलाहरी गुम्बामा भएको यो कार्यक्रममा मोतियाबिन्दु लगायतका आँखाका ठूला रोगहरुको करिब ३ हजारभन्दा धेरैले उपचार प्राप्त गरेको आयोजकको दाबी छ । शल्यक्रिया हुनेहरुमा अधिकांश ज्येष्ठ नागरिकहरु रहेका थिए ।