सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ संचालन भएको छ । वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिल्ने नेपाल छाला तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष एवं एसबिआर सुजका सञ्चालक बासु रोकाले जानकारी दिए ।

जुत्ता चप्पल खरिदका लागि भृकुटमण्डपमा आयोजित जुत्ता चप्पल मेला आकर्षक गन्तव्य बन्ने उनले विश्वास व्यक्त गरे । यस अगाडि आयोजित मेला भन्दा अझै बढी आकर्षक छुटको व्यवस्था मेलामा उपलब्ध रहेको आयोजकको भनाइ छ । सस्तोदेखि महंगोसम्मका सबै प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक राजेश विशुंखेले बताए ।

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो