बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी उनलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ ।

गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो ।

कम्प्युटर सिक्ने भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ । तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् ।

एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी भएका छन् । विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ ।

खाली समयमा देवीस्थान माविले आफूहरूलाई सुनौलो अवसर दिएको घर्ती बताउँछन् । उनले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा ४०/५० हजार रुपैयाँसम्म खर्च हुने बताए । अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

घर्ती भन्छन्– ‘एसइई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइरहेको थियो, त्यही बेला साथीहरूले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ भन्नुभयो, बुझ्दा खेरी हो रहेछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नुपथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त बिहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुनेभयो ।’

घर्ती जस्तै निसीखोला–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ । एसइई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाएका उनी अहिले दैनिक कम्प्युटर सिक्न आउँछन् । आफूहरू जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको मगर बताउँछन् । उनले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाए ।

‘गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि अवस्था सहज छैन, यहाँ वरपर सिक्ने ठाउँ पनि छैन, सिक्नका लागि ठूलै बजारमा जानुपर्छ,’ उनले भने– ‘एसइई दिएर साथीसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरूले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छु ।’

बजारमा कम्प्युटरको ‘बेसिक कोर्ष’ को चार हजारदेखि छ हजार रुपैयाँसम्म शुल्क लिने गर्छन् । विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो । विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरूको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिए । उनले देवीस्थान माविको मात्रै नभइ निसीखोला र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थी कम्प्युटर सिक्न आइरहेको बताए ।

अहिले ५० विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको सङ्ख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ । विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा सञ्चालन गरिरहेको छ । प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताए । यही वैशाख १३ गतेदेखि सुरु भएको कम्प्युटर कक्षा एसइई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म सञ्चालन हुने उनको भनाइ छ ।

‘दुर्गम भेगका विद्यार्थीलाई प्रविधिसँग जोड्न, उनीहरूको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्मक सोचको विकास गर्न हामीले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,’ प्रधानाध्यापक क्षेत्रीले भने– ‘उनीहरूबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थी निकै उत्साहपूर्वक सहभागी भइरहेका छन् ।’ रासस

बुधबार, २७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो