Trending
सरकारले वातावरण संरक्षणका लागि धुम्रपान त्याग्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्रपान त्याग्न आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार सूर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरित गृह ग्यासले वायु प्रदूषण गराउँछ ।
“वातावरण संरक्षणका लागि धुम्रपान त्यागौँ सूर्तीजन्य पदार्थ सेवनका कारण निस्कने अरित गृह ग्यासले वायु प्रदूषण गराउँछ । त्यसैले, आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्रपान त्यागौँ,” सूचनामा उल्लेख छ ।