अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)को अध्यक्ष पदमा जानुकी ओझा बस्नेत निर्वाचित भएकी छिन । अमेरिका नेपाल सहयोगी समाजको हालै सम्पन्न छैठौं साधारण सभाबाट जानुकी ओझा बस्नेतको अध्यक्षता नया कार्य समितीको समेत गठन भएको छ ।

निर्वाचित भएता पनि नयाँ कार्यकारी समितिले आगामी मे १,२०२३ देखि नया कार्यसमितीले आफ्नो कार्यभार सम्हाल्ने अध्यक्ष कमल भट्टराईले बताए ।

नया कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा कामना पन्थी, उपाध्यक्ष, प्रकाश सुवेदी, महासचिव, तनुजा पोख्रेल, सचिव, भुपाल पौड्याल, कोषाध्यक्षमा बिष्णु न्यौपाने निर्वाचित भएका छन् ।

यसै गरि कार्यकारी सदस्यहरुमा क्रमस ध्रुव प्रसाद बराल, काशी खड्का, जगन्नाथ पौड्याल, प्रेमा रिजाल, राजु कार्की, कमल अधिकारी तथा माया अधिकारी निर्वाचित भएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज अमेरिकाकै नेपाली समुदायको अत्यन्तै क्रियाशील संस्था हो । समुदायमा समाजिक सेवा गर्दै आएको यो संस्थाले विभिन्न कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पमा अद्वितीय भूमिका निर्वाह गरेको थियो । अमेरिकामै तीज कार्यक्रम सर्वाधिक रुपमा भब्य रुपमा स्थापना काल देखि नै मनाउदै आएको छ ।

निर्वाचित ओझाले पनि आफ्नो सहयोग नेपाल र नेपालीमा रहने प्रतिबद्धता व्यक्त गवरेकीछन् । उन्ले नेपालको शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रमा सहयोग गर्ने वचन व्यक्त गरेकीछन् ।

शनिबार, १६ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान