स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ ।

विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालय निर्देशन दिएको हो ।

बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत आएकोले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु पूर्णरुपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा