बौद्ध समाज कोलोराडो अमेरिकाले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाउने भएको छ । बौद्धसमाजका अध्यक्ष तथा समाजसेवी श्याम श्रेष्ठले यस पटक बिशेष रुपमा बुद्धजयन्ती मनाउने भन्दै सबैलाई बुद्धको शान्तिको पथ प्रर्दशकको रुपमा उभिन आह्वानसमेत गरेकाछन् ।
बिश्व शान्तिका महानायक, राष्ट्रिय बिभूतिको रुपमा रहेका शाक्यमुनि गौतम बुद्धको २६४७ औ जन्मजयन्ती भव्यरुपमा मनाउन लागिएको हो । अध्यक्ष श्रेष्ठले मे १३, २०२३ शनिबार डेनभरमा गौतम बुद्धको उपदेशको चर्चासहित शान्ति ¥यालीको आयोजना गरीने जानकराी दिए ।
सिभिल सेन्टर पार्कमा हुने कार्यक्रममा बुद्ध सम्बिन्ध प्रवचनसमेत दिईने छ । बुद्ध धर्मका सन्देश, गौतम बुद्धका उपदेश, बिश्व शान्ति, अहिंसाको उद्धेश्यसहित बृहत कार्यक्रम गरीने आयोजकले जनाएको छ ।
सकरात्मक सोच, शान्ति र समाज सेवामा समर्पित श्रेष्ले बिश्व समुदायलाई शान्तिको बाटोमा हिड्न मार्गदर्शन गर्ने पनि बताए । कार्यक्रकमा संखुवासभा समाज अमेरिकासंगै अमेरिकामा रहेका बिभिन्न नेपाली संघ, संस्थाका प्रतिनिधि र नेपालीहरुको सहभभागिता हुने छ ।
नेपालको राष्ट्रियता झल्कीने पोशाक, बाजागाजासहित सहभागिता हुन आग्रह गरीएको छ ।