कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तहसम्मै निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाले सार्वजनिक पद धारण गर्नेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य नियम लागू गरेसँगै माध्यामिक निःशुल्क शिक्षा कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको हो । पालिकाको यो पहलले शिक्षाप्रति सामूहिक दायित्व बोध गराएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह सम्मको शिक्षा शैक्षिक सत्र २०८० देखी पूर्ण रुपमा निःशुल्क गर्ने भएको छ । संविधानले आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क भने पनि विद्यालयले भने कुनै न कुनै बहानामा विद्यार्थीबाट शुल्क उठाउने गरेका गुनासो आउँदै गर्दा यो नगरपालिका भने उदाहरणीय भएको छ ।

नगरपालिकाका सामुदायिक विद्यालयमा माध्यमिक तह निःशुल्क कार्यान्वयनका लागि पालिकाले ५ करोड २४ लाख ५९ हजारको बजेट थप गरिएको नगरप्रमुख अजय थापाले बताए । जसका लागि बजेटबाट १ सय ६३ जना शिक्षक व्यवस्थापन गरिएको समेत बताए ।

पालिकाले कार्यविधि तथा कानुन निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले बताए । आउने शैक्षिक सत्रबाट विद्यालयले कुनै पनि शुल्क तथा सहयोग लिन पाउने छैनन् । रकम लिएको प्रमाण भेटिएमा ५ हजार रुपैयाँ जरिवाना गरिने बताइएको छ ।

पालिकाले दरबन्दी मिलान गरी अपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ । पूर्व प्राथमिक तहका ८, आधारभूत तह ७८ जना, माध्यमिक तहमा ३१ र कक्षा ११ र १२ का लागि ४३ जना थप शिक्षक राखिएको पालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख पूर्णबहादुर विश्वकर्माले बताए ।

विद्यालयलाई चाहिने मसलन्द र अन्य सामाग्री तथा विद्यूत महसुलका लागि ६० लाख बजेटको व्यवस्था गरिएको छ । समाजमा रहेका उच्च वर्गका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्दा शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने अपेक्षाले पालिकाले सार्वजनिक पद धारण गरेका नागरिकका सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउन अनिवार्य गरेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सिताराम थारुले बताए ।

जनप्रतिनिधि, शिक्षक, सरकारी कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने छ । पालिकाले शिक्षण विधि सुधारका लागि तालिमको समेत व्यवस्था गरिने बताएको छ ।

नगरको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकलाई विभिन्न तालिमको व्यवस्था गर्ने पालिकाले जनाएको छ । समयसँगै शिक्षण सिकाई परिवर्तन गर्दै लैजादा सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्ने अठोट पालिकाले लिएको छ ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !