प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवर्द्धनमा प्राथमिकता दिन थालेका छन्। चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन्।

प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवर्द्धन गर्न थालेको छ। झिमरुक-५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ।

घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिए। ‘गाउँघरमा पुर्ख्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो’, उनले भने। गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उनको विश्वास छ।

बाँझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भू-क्षय हुनबाट रोक्न यो योजना अतिप्रभावकारी हुने कार्यक्रमको रुपमा लिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा चोयाचित्रो उद्योगका अध्यक्ष प्रदीप जिसीले बताए। सो उद्योगबाट २५ स्थानीयवासीले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, पिंगो, ढडिया, मुडा, स्टुल , बेञ्च, टेबुल, चियादानी, ट्रे, ओरो, सिंके कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्र बनाउन तालिम समेत लिएका छन्।

नौबहिनी गाउँपालिकाले काठका भाडा बनाउने उद्यमलाई अघि सारेको छ। नौबहिनी-८ फोप्ली, लुप्लुङमा काठका भाडा बनाउने तालिम सञ्चालन गरी काठका भाडा बनाउन थालिएको हो। नौबहिनीका १२ युवालाई मोटरको प्रयोग गरी काठका भाँडा बनाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापामगरले बताए। उनका अनुसार काठबाट मही पार्ने ठेकी, घ्यू राख्ने हर्पे, कोसी, काठको गिलासलगायतका सामग्री बन्ने छन्।

स्थानीयस्तरमा पहिले देखि गरिँदै आएको काठबाट भाँडा बनाउने पेसालाई आधुनिक प्रविधियुक्त बनाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले काठका भाडा निर्माणको उद्यमलाई प्राथमिकता दिएको उनको भनाइ छ।

माण्डवी गाउँपालिकाले दुना टपरी जन्य उद्यम अघि सारेको छ। माण्डवी गाउँपालिका-१ कुमलटारमा सालका पातबाट दुना, टपरी, प्लेट बनाउने उद्यममा स्थानीय महिलालाई जोडिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए। त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि सिलाइ, होजियारी, क्रिस्टलका गहना बनाउनेलगायतका उद्यमलाई स्थानीय तहबाट तालिम सञ्चालन भइरहेका छन्। रासस

सोमवार, ११ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो