विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन ।

आइतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन ।

उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे । उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।

प्रवन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए ।

उनले गत वर्ष धेरै अफ्ठ्यारो रो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए ।

उनले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताए । प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए। उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी गरे।

उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए। उनले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी समेत गरे ।

आइतवार, १० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो