बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडावासीलाई तालिम दिएको छ ।

पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनका लागि कौसी खेतीमा आकर्षित वडावासीलाई लक्षित गरी नगरपालिकाले शुक्रबारदेखि  तालिम सञ्चालन गरेकाे हाे। तालिमको उद्घाटन गर्दै नगर प्रमुख सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताए।

उपप्रमुख ज्योति लामिछानेले कौसी खेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक वर्ष अनुदानसहितको कार्यक्रम सञ्चालन गरिने बताइन्। वडाअध्यक्ष एवम् नगर प्रवक्ता श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट बिन उपलब्ध गराइएको बताए।

वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, बिरुवा, गमला, अग्र्यानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने जनाउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताए।

शनिबार, ९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो