सरोज ओझा, नर्बे

धादिङकी सन्दिपा गिरी रोमानिया पुगेको ९ महिना भयो। श्रम स्वीकृति लिएर गएकी उनी त्यहाँको एउटा फास्टफुड कम्पनीमा काम गर्छिन्। नेपालबाट जाँदा म्यानपावरलाई करिब पाँच लाख रूपैयाँ बुझाइन् ।

हामी आठ जनाको समूहमा एकैपटक आएका हौं। कसैले साढे ६ लाख त कसैले साढे ७ लाख रूपैयाँसम्म बुझाएर आएका छौं। म्यानपावरले मान्छेपिच्छे शुल्क चाहिँ फरक लिने रहेछ, युरोपमा पुगेकी सन्दिपाले भनिन् ।

एजेन्टहरूले कमिसन लिने गरेकाले फरकफरक शुल्क तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। म्यानपावरले भनेजस्तै काम, तलब र सेवासुविधा भने पाइरहेको उनले बताइन्।

५ सय ५० युरो छ उन्को बेशिक तलब । खान, बस्न र कामका लागि आवश्यक यातायात शुल्क कम्पनीले नै बेर्होछ, उनले भनिन् । उनका अनुसार बेलाबेला निरीक्षण हुने भएकाले कम्पनीहरूले नियमित पारिश्रमिक र सेवासुविधा दिन्छन ।

यहाँबाट काम गर्न गएको कम्पनी परिवर्तन गर्न रोमानियामा टिआर (भिसा अवधि सकिएपछि कम्पनीले बनाइदिने) कार्ड हुनुपर्ने वा भिसा अवधि नसकिएको हुनुपर्ने उनले बताइन्। त्यस्तै कुनै कम्पनी छाडेको ९० दिनभित्र अर्को काम खोज्न पनि पाईन्छ र कम्पनी परिवर्तन गर्न पनि पाईन्छ । रोमानियामा पाँच वर्ष काम गरेपछि आप्रवासी श्रमिकहरूले ’पिआर’ पाउँछन्।। आधारभूत अंग्रेजी भाषा जानेको भए काम गर्न धेरै सहज हुने सन्दिपा बताउँछिन्।

इलामका अविनाश खनाल रोमानियाको डुकाटेक्स नामक जुत्ता बनाउने कम्पनीमा काम गर्छन्। यो रोमानियाको राजधानी बुकारेस्टदेखि २० किलोमिटर दूरीमा जिलाबा भन्ने ठाउँमा छ। उनी त्यहाँ पुगेको एक महिना मात्रै भयो। श्रम स्वीकृति लिएर रोमानिया पुगेका उनको कमाइ अहिले उच्च छ । मेहनत गर्नुपर्छ। महिनामा १ लाख ३० हजार जति कमाइने रहेछ उनले भने। उनी म्यानपावर कम्पनीलाई साढे ६ लाख रूपैयाँ शुल्क तिरेर पुगेका हुन्।

त्यस्तै तीन वर्ष साउदीमा काम गरेर नेपाल फर्किएका सुर्खेतका नारायण ओझा यति बेला पोर्चुगल पुगेका छन्। उनी पाँच महिनाअघि त्यहाँ पुगेका हुन्। त्यहाँ एउटा घरको बगैंचामा काम गर्छन्। कमाइ मासिक ९० हजार रूपैयाँ हुन्छ। यहाँ दुई वर्ष जति दुःख गर्न सकियो भने कार्ड बन्छ भन्ने आश छ। त्यसपछि युरोपका अरू देश बसेर कमाउँछु भन्दा पनि भयो,’ उनले भने।

सन्दिपा, अविनाश र नारायण प्रतिनिधि मात्र हुन्, पछिल्लो समय युरोप जाने युवाको संख्या बढ्दो छ। राम्रो कमाइ हुने आशमा एक जनाले सात लाखदेखि १२ लाख रूपैयाँसम्म पनि एजेन्ट तथा म्यानपावरलाई बुझाउने गरेको पाइन्छ। पछिल्लो समय यसलाई व्यवस्थित गरीएकाले अबको नेपालीको गन्तव्य युरोप हुने देखिन्छ । त्यसमा पनि दुबै र अन्य मुलुकबाट त्यहा पुग्न सजिलो भएकाले दुबै, कतारमा काम गरेका कम्पनीबाट नेपाली सहजै युरोप पुग्ने गरेकाछन् ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर पनि क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेका छन्। स्वीडेन, नर्बे, जर्मनी जस्ता देशमा पनि धेरै नेपाली अहिले रेष्टेरेटमा काम गर्न थालेकाछन् । तथ्यांकअनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८ सय४५ जना गएको देखिन्छ। यसमध्ये युरोप जानेको संख्या आधा भन्दा बढी छ । सरकारले यसलाई व्यवस्थित गरेकाले युरोपमा नेपालीहरुको भाग्य चम्कीन थालेको हो ।

फागुनमा क्रोएसियाका लागि ५ सय ५७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै साइप्रसका लागि ४ सय ५५ जनाले, फ्रान्सका लागि ३८, माल्टाका लागि २ सय ८२, पोल्यान्डका लागि ६सय र रोमानियाका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्।

गत आर्थिक वर्ष क्रोएसियाका लागि पाँच हजार ३ सय ४४ जनाले श्रम स्वीकृति लिएका थिए। साइप्रसका लागि चार हजार १ सय ८१, फ्रान्सका लागि १ सय ६४, माल्टाका लागि एक हजार ९ सय १५, पोल्यान्डका लागि एक हजार ८ सय ५५ र रोमानियाका लागि सात हजार ४ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए। गत वर्ष कुल ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए। त्यसमा पनि अधिकांश कुक र रेष्टुरेण्टमा काम गर्न गएकाछन् । पछिल्लो समय नेपालीहरू रोजगारीका लागि युरोप जाने क्रम बढेको देखिन्छ।

साइप्रसका लागि दुई हजार ३ सय ४० जनाले श्रम स्वीकृति लिएका थिए। फ्रान्सका लागि १८ जना, माल्टाका लागि एक हजार ७ सय ४९, पोल्याण्डका लागि ३ हजार १ सय ९५ जनाले श्रम स्वीकृति लिएका थिए। त्यस्तै पोर्चुगलका लागि ४ सय ६१, रोमानियाका लागि ४ हजार २ सय ३९ जनाले श्रम स्वीकृति लिएको देखिन्छ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल युरोपमा नेपाली श्रमिकका लागि राम्रो अवसर भएको बताउँछन्।युरोपमा हाम्रा श्रमिकको राम्रो माग छ। पारिश्रमिक र सेवासुविधा पनि राम्रो छ। मुलुकमा भित्रिने रेमिटेन्स पनि बढ्छ, सचिव अर्यालले युरोप पुगेको अवसरमा भने ।

युरोपियन मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक पठाउने गरी सरकारले सहजीकरण गर्ने उनले बताए। सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौता गरी रहेको उनको भनाइ छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी पनि युरोपमा नेपाली श्रमिकको माग बढेको बताउँछन्।

सरकारले प्रमाणीकरण पनि अनलाइनबाट गर्ने तयारी गरेको छ । त्यसो हुँदा युरोपको आकर्षक रोजगारीको अवसर नेपालीले पाउन सक्छन्। युरोप काम गर्न स्वतन्त्र मुलुक भएको र तलब पनि आकर्षक भएकाले सबैको ध्यान युरोपले खिचेको छ । त्यसमा पनि पासपोर्टलगायतका समस्या सामधान गर्न एनआरएनएले भूमिका खेलेका कारण अहिले युरोप सबैको आकर्षण बनेको हो । त्यसैले अहिले नेपालबाट आएको सरकारी अधिकारीले पनि यहाँका सरकारसंग छलफल गरेर एउटा निष्कर्षमा पुगेकाछन् ।

त्यसैले यसलाई हामीले सहजीकरण गर्दे अगाडी बढाउन सके नेपाल र नेपालीको भाग्यको ढोका युरोपले खोल्ने छ ।

बिहिबार, ७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान