राजन घिमिरे
संखुवासभा समाज हङकङद्धारा नेपाली नयाँ वर्ष २०८० को अवसरमा मंकिहिलमा समाजको २७ औं वार्षिक उत्सव तथा शुभकामना आदनप्रदान गरीएको छ ।

हङ्कङका बिभिन्न शहरबाट नयाँ बर्ष मनाउन र भेटघाट गर्न आएका संखुवासभालीहरुको मंकिहिलमा मेला नै लागेको थियो । हङकङका विभिन्न युनिभर्सिटी तथा सेकेण्डरी विद्यालयहरुमा अध्ययनरत ३३ जना संखुवासभाली विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन पुरस्कारद्धारा सम्मान गर्नुका साथै समाजलाई विशेष योगदान दिने एक दर्जन व्यक्तित्व तथा करिब १ सय समाजका नयाँ आजीवन तथा साधारण सदस्यहरुलाई सम्मानित गरीएको थियो ।

कार्यक्रममा युनिभर्सिटीका ११ जना विद्यार्थीहरुलाई नगद हङकङ डलर १५ सय र सेकेण्डरीका २२ जना विद्यार्थीहरुलाई १ हजार नगद सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । समाज सेवा तर्फ लव कुमार गुरुङ, प्रकाश गुरुङ (जे.पी.), तिर्थ राज गुरुङ (जिवन), खेमाहाङ जिमी, पूर्ण प्रसाद देवान, मनोज गुरुङ, डम्बर घले (असई) र लाल बहादुर गुरुङलाई ताम्रपत्र सहित खदा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गरी साहित्य तर्फ दाजु गुरुङ र खेलकुद तर्फ लविन गुरुङ सम्मानित भएका थिए ।

समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा अध्यक्ष टोपबहादुर याक्खा, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतले पानसमा बत्ती बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुखपत्र “हाम्रो संखुवासभा” वर्ष–१७, अंक–१३ समेत विमोचन गरिएको थियो ।

समाजका सदस्य एवं किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवानद्धारा श्वागत मन्तव्य राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रिता गुरुङ, अध्यक्ष टोपबहादुर याक्खा, समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, प्रकाश गुरुङ (जे.पी.), लाल बहादुर गुरुङ लगायतल नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । समाजद्धारा प्रदान गरिदै आएको शैक्षिक प्रोत्साहन पुरस्कारको महत्व बारे समितिका संयोजक खेमाहाङ जिमीले प्रकाश पारेका थिए । त्यस्तै गरी समाजले प्रदान गरेको सम्मान प्रति युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीद्धय सुस्मा गुरुङ र समिप राईका साथै अविभावक धर्म खिम्पुहाङ राईले धन्यवाद मन्तव्य राखेका थिए ।

१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले गत वर्षदेखि जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

बिहिबार, ७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान