भारतको वेदान्त लिमिटेडले नेपालको दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न पावर समिट–२०२३ मा वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत नेपालबाट आगामी ५ वर्षमा सो बराबरको विद्युत् किन्ने आशय पत्र पेश भएका हो ।

हाल भारतमा कोइला तथा डिजेलबाट उत्पादन हुने विद्युत् बढी प्रयोग हुँदै आएको । कोइला तथा डिजेल पावर प्लान्टले वातावरणमा समेत प्रभावित छ । सन् २०४५ सम्म विश्वलाई शून्य कार्बनमा पुराउने विश्वव्यापी लक्ष्यलाई सहयोग पुग्ने गरी नेपालबाट क्लिन इनर्जी खरिद गर्ने वेदान्तका प्रमुख कार्यकारी अधिकृत (पावर) विभव अग्रवालले भर्चुअल रूपमा जानकारी दिएका छन् ।

यससँगै पावर समिटले नेपालको २२ सय मेगावाट बिजुली निजी क्षेत्रमार्फत भारतमा बिक्री गर्ने आधार तय गरेको छ ।

मंगलबार समिटको उद्घाटन समारोहमा भारतको मणिकरण पावर कम्पनीसँग नेपालका चुवाखोला, कसुवाखोला लगायतका आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी समझदारी भएको थियो ।

बिहिबार, ७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो