मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ ।

नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही तेन्जिङ नोर्गेको नाममा राख्न लागिएको हो । नोर्गे न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७० औं बर्षगाँठका अवसरमा विशेष समारोहका बीच स्ट्रीटको नामाकरण गरिने भएको हो । नोर्गेको सन् १९८६ मा ७१ वर्षको उमेरमा र हिलारीको सन् २००८ मा ८८ वर्षको उमेरमा निधन भएको थियो ।

७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिनमा उक्त स्ट्रीटको नाम तेन्जिङ नोर्गे शेर्पा राख्न पाउनु गर्वको विषय रहेको सात पटकसम्म सगरमाथा आरोहण गरेका युएस नेपाल क्लाइम्बर्स एसोसियसनका द्वितीय उपाध्यक्ष पासाङ शेर्पाले बताए । नेपालको पर्यटन प्रवद्धनका लागि समेत योगदान दिने उद्देश्यले उक्त दिन स्ट्रीट फेस्टिभल समेत गर्न लागिएको उनले बताए । कार्यक्रमका मुख्य आयोजकमा युएस नेपाल क्लाइम्बर्स एसोसियसन र शेर्पा किदुग अमेरिका रहेका छन् भने अन्य नेपाली संघ संस्थाहरु सह आयोजकका रुपमा रहनेछन् ।

कार्यक्रममा ‘सी टु समिट’ शीर्षकमा हिमाल, पहाड र तराईका सांस्कृतिक प्रस्तुतीहरु देखाइने भएको छ । थारु, नेवारी, मगर, तामा, गुरुङ , राई, लिम्बु, शेर्पा लगायतका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएका छन् । शेर्पा किदुगकी पूर्व अध्यक्ष छिरिङ शेर्पाले तेन्जिङ नोर्गे शेर्पा मरेर गए पनि सधै अमर रहने बताए । सगरमाथा सबै नेपालीहरुको भएकाले नेपालको पहिचान संसारमाझ फैलाउने अर्को मौका यो भएको बताए । मान्छे जन्मेपछि समाजमा केहि गर्नु पर्ने र सधै अमर रहने उन्का भनाई थियो ।

ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरणका लागि लामोसमयदेखि प्रयास हुदै आएको थियो । उर्गेन शेर्पाको नेतृत्वमा शेर्पा किदुग रहेको बेलामा सन् २०१७ को मे महिनामा ७५ स्ट्रीटको नाम नेपाल झल्किनेगरी राख्ने प्रस्ताव २५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो । त्यतीबेला उक्त स्ट्रीटको नाम नेपाल स्ट्रीट, सगरमाथा स्ट्रीट, गौतमबुद्ध स्ट्रीट, लुम्बिनी स्ट्रीट जस्ता नाममध्ये कुनै एक राख्नका लागि प्रस्ताव गरिएको थियो ।

उर्गेन शेर्पा कम्युनिटी बोर्डमा नियुक्त भएको बेला उनले स्ट्रीटको नामाकरणबारे थप प्रकृयाहरु बुझे । उनी भन्छन् –‘स्ट्रीटको नामाकरण गर्नका लागि विभिन्न सातवटा चरणहरु पूरा गर्नुपर्ने रहेछ । त्यो फर्मुलाका साथ हामी तेश्रोपटक सन् २०२१ मा स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव लिएर गयौं । नोर्गेको परिवार र छोराछोरीलाई सम्पर्क गर्दा नोर्गेलाई अमेरिकी सरकारले सम्मान गरेको, नोर्गेले अमेरिकामा गरेको योगदानबारे पनि थप जानकारी प्राप्त भयो ।’

२५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम, जसले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका सिटी काउन्सिलमा प्रस्ताव लगेर पारित गराएका थिए ।

सन् २०२१ मा सिटी काउन्सिलमा गएको केही समयपछि उक्त प्रस्ताव पारित भयो । रुजभेल्ट एभिन्युदेखि उडसाइडसम्मको स्ट्रीटलाई नामाकरण गर्ने प्रस्ताव गरिएको भएतापनि ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको २ ब्लकलाईमात्र तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव पारित भयो त्यसपछि ब्रोडवे, ४१ एभिन्यु र उडसाइड एभिन्युमा तेन्जिंग नोर्गे शेर्पा वेका तीनवटा साइन राख्नका लागि अनुरोध गरिएपनि एउटा साइनभन्दा बढी नहुने भन्ने कानुनमा उल्लेख भएका कारण ४१ एभिन्युमामात्र एउटा साइन राखिने भयो ।

यसरी झण्डै ६ बर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे बन्ने भएको छ ।

मङ्लबार, ५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान