file photo

बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् ।

कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताए । “अधिकांश अगुवा किसानले यस्तो प्रविधिमा चासो दिएका छन्”, उनले भने ।

वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मल, सिँचाइको प्रबन्ध र कीटनाशक औषधिको प्रयोगका आधारमा ६ देखि १० गुणा बढी उत्पादन लिन सकिनेमा जोड दिँदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गरे ।

जिल्लाको डुडुवा गाउँपालिका–४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा यो प्रविधिबाट किसानले लाभ लिएका छन् । उनले भने, “बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।” यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिब चार वर्षदेखि किसानले अभ्यास गरेको बताए ।

खजुरका किसान पदम रानाले अहिले लौकामा यो प्रविधि अपनाइएको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाए । उनले उत्पादन बढाउन मल र सिँचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिए । “जनसङ्ख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भीर हुनुपर्छ”, किसान रानाले भने ।

यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ । बिरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो । रासस

मङ्लबार, ५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो