नेपाली चिया निर्यातमा परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरुले समन्वय गर्ने बताएका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका पहलमा मेची भन्सार कार्यालय मेचीमा आयोजना भएको सरोकारवालाहरुको छलफलमा यस्तो बताइएको हो ।

चिया किसान तथा ब्यवसायीहरुले सीमा क्षेत्रमा गुणस्तर जाँच गर्ने प्रयोगशाला नहुनु, परीक्षणका लागि चियाको नमूना कोलकाता पठाउनुपर्ने बाध्यता रहेको र त्यसको रिपार्ट आउन ढिलाइ हुने गरेको, भारतले नयाँ–नयाँ बहाना झिकेर निर्यात रोक्ने प्रयास बारम्बार गर्ने गरेको गुनासो गरेका थिए ।

यहाँ उत्पादन भएको नेपाली चिया निर्यात रोक्न भारतमा विभिन्न बहाना गरेको भन्दै झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले यस विषयमा सबैलाई गम्भीरका साथ समाधान गर्न आग्रह गरेका छन् । महावाणिज्य दूत ईश्वरीराज पौडेलले समस्याको दीर्घकालिन सामधानका लागि आफुले प्रयास गर्ने बताउनुभएको छ ।

नेपाली चिया निर्यातको समस्याका विषयमा दुबै देशका सरोकारवालाहरुसँग कुरा राख्नेछु, उहाँले भन्नुभयो । समस्याको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने देखिन्छ, पौडेलको भनाइ थियो । चिया क्षेत्रको समस्याको विषयमा जानकार रहेको बताउँदै आवश्यक सहजीकरणका लागि आफू सधैं नै लागिपर्ने पनि पौडेलले प्रतिबद्धता गनैुभयो।

चिया उत्पादक तथा व्यवसायीहरुको तर्फबाट सङ्घका अध्यक्ष सुरेशकुमार मित्तल, सङ्घका उपाध्यक्ष एवम् नेपाल चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली, व्यवसायी किसन सरिया, इलाम फिक्कलका उत्तम श्रेष्ठलगायतले चियाको निर्यातलाई झन्झटिलो नबनाउन माग गर्नुभएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलगायतले चिया क्षेत्रको समस्या समाधानका लागि दुबै देशको सरकारबीच उच्चस्तरीय छलफल आवश्यक रहेको आफूहरुले अनुभूत गरेको बताउँदै आफ्नो तर्फबाट यसका लागि गर्न सक्ने पहल गर्न बताउनुभयो ।

नेपालाबट वार्षिक तीन अर्ब रुपियाँँभन्दा बढीको तयारी चिया निर्यात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यसमा सबैभन्दा बढी चिया भारतमा निर्यात हुने गरेको पाइन्छ ।

 

 

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा