लामो समयदेखि पासपोर्टविहीन भएका करिब साढे पाँच सय नेपालीले इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन दिएका छन् । पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीहरूका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालयसहितको टोलीले पोर्चुगलको लिस्बन सहरमा पासपोर्ट दिने प्रक्रिया सुरु गरेको हो ।

पासपोर्टको लागि अप्रिल २५ सम्म दरखास्त दिन सकिने पोर्चुगलका लागि गैरआवासीय राजदूतसमेत रहेका फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । दिनमा सरदर एक सय नेपाली नयाँ पासपोर्टका लागि दरखास्त दिन आउने गरेको उहाँले बताउनुभयो ।

दूतावासले पहिलो चरणमा पासपोर्ट हराएका, त्यहीँ जन्मेका बालबालिका र बालिग र त्यहाँको अध्यागमन कार्यालयले प्राथमिकता तोकेका नेपालीहरूलाई पासपोर्ट दिने भएको छ । पोर्चुगलमै जन्मिएका बालबालिकाकालाई भने छुट्टै नम्बरको नागरिकता र तिनलाई नाबालिक परिचयपत्रका लागि अभिभावकले ल्याएको जन्मदर्ताका आधारमा अस्थायी नम्बर जारी गर्ने गरिएको छ । त्यसको प्रक्रिया पूरा गरेपछि नागरिकताको सट्टा त्यो नम्बर राखेर पासपोर्ट जारि गरिन्छ ।

१६ वर्ष कटेकाहरुलाई भने नागरिकता सिफारिस गरिन्छ । नेपालीहरुको बढ्दो चापलाई ध्यानमा राखेर दूतावासले स्पेनबाट अर्को मेसिन मगाएको राजदूत अधिकारीले बताउनुभयो । निकट भविष्यमा पासपोर्टको म्याद सकिन लागेकाहरूबाट समेत दरखास्त लिइने उहाँले बताउनुभयो । हामीलाई पासपोर्टनै नहुने कति छन् भन्ने नै यकिन नभएकाले कहिले त्यो पूरा होला भन्न सकिन्न । साढे पाँच सयभन्दा बढी दरखास्त संकलन भएसकेको छ । १३, १४ दिन पासपोर्ट हराएकालाई प्राथमिकता दिने भनेका छौं, अधिकारीले भन्नुभयो ।

अधिकांश रोमानिया, सर्बिया, बोस्निया, साइप्रसजस्ता युरोपका अन्य मुलुकबाट भागेर पोर्चुगल पुगेका कारण पनि पासपोर्टविहीन बन्न पुगेका छन् । हामी सर्बियाको एच एम कम्पनीबाट भागेर पोर्चुगल आएका हौं । हाम्रो २४ जनाको टोलीलगायत एउटै कम्पनीमा ९९ वटा पासपोर्ट कब्जामा छन्।

पोर्चुगलमा हाल पासपोर्ट सहजीकरणकै लागि नेपालबाट परराष्ट्र मन्त्रालयका दुई, पेरिस दूतावासका एक कर्मचारीसहित लिस्बन महावाणिज्य दूतावासका ५ गरी ९ जना कर्मचारी खटिएका छन् ।

आफू जुन देश गए पनि आफ्नो पासपोर्ट सम्बन्धित देशका नेपाली वा कसैलाई जिम्मामा दिएर पनि जोगाउनुपर्ने, अन्यथा यो टोली फर्किएपछि फेरि यही सेवा दिन नेपाल सरकारले नसक्ने अवस्था रहेकोमा अधिकारीहरूले सचेत गराएका छन् ।

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे