चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा फलफूल आयातमा अर्बौ रुपैयाँ बाहिरिएको छ । यस अवधिमा नेपालबाट ४ अर्ब ४५ करोड रुपैयाँ स्याउ आयातमै बाहिरिएको छ । जबकि, नेपालका उच्च हिमाली जिल्लामा उत्पादित स्याउले बजार नै नपाउने गरेका छन् ।

सडक मार्गको पहुँच कम हुनु तथा हवाई माध्यमबाट स्याउ मुख्य बजारसम्म आउँदा महँगो हुनु यसको मुख्य कारण हो । देशका ६० प्रतिशत जनसङ्ख्या कृषि खेतीमा आबद्ध भए पनि बर्सेनि खर्बौ रुपैयाँ खाद्यान्न लगायत कृषिजन्य वस्तुको आयातमा बाहिरिँदै आएको छ ।

जनगणना २०७८ ले देशका ६० प्रतिशत जनसङ्ख्या कुनै न कुनै प्रकारको खेतीमा संलग्न रहेको देखाउँछ । र, यसबाट कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशतको योगदान रहेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो ।तर, चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको अवधिमा ८ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै फलफूल आयातमै बाहिरिएको छ । यस अवधिमा स्याउ, केरा, सुन्तला, कागती, किवी, अनार, एभोकाडो, भुइँकटर, अङ्गुर र मेवा लगायतका फलफूल आयातमा मनग्य रकम बाहिरिएको तथ्याङ्क भन्सार विभागमा छ ।

यस्तै, केरा आयातमा ४७ करोड ५४ लाख, भुइँकटर आयातमा ९ करोड २० लाख र एभोकाडो आयातमा २ करोड ९६ लाख बाहिरिएको छ । यसबाहेक, अम्बा आयातमा २५ करोड २९ लाख, सुन्तला आयातमा ७२ करोड ९३ लाख, कागती आयातमा ४० करोड ६० लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ ।

तथ्याङ्कअनुसार मिक्स फलफूल आयातमा ३ करोड ५५ लाख रुपैयाँ बाहिरिँदा अङ्गुर आयातमा ९२ करोड ८९ लाख रुपैयाँ, खरबुजा र तरबुजा आयातमा २० करोड २५ लाख, मेवा आयातमा १६ करोड ६७ लाख बाहिरिएको छ । यस्तै, नासपाती आयातमा ११ करोड ११ लाख बाहिरिँदा २३ लाखको चेरी आयात भएको छ भने १७ लाखको स्ट्रबेरी, ६ करोड २ लाखको किवी, १२ लाखको ऐसेलु र १ करोड ६६ लाख रुपैयाँको सुकेको आरु आयात भएको छ ।

तर, यस अवधिमा नेपालबाट भने नगण्य मात्रामा फलफूल निर्यात भएको तथ्याङ्कमा छ । नेपालबाट ५१ लाखको केरा, २ करोड ११ लाखको मिक्स फलफूल, २८ लाखको किवी, ९ लाखको आरुबखडा र २७ लाख रुपैयाँको सुकेको स्याउ निर्यात भएको छ । यो सबै रकम जोड्दा मुस्किलले १ करोड रुपैयाँ हुन आउँछ ।

 

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो