पर्यटन व्यवसायी खुमबहादुर सुवेदी नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष समेत रहेका सुवेदीले यही चैत्र २८ र २९ गते हुने साधारण सभामा उम्मेदवारी दिन लागेका हुन् । व्यवसायी सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठ र उपाध्यका उम्मेदवार मनिषलाल प्रधानको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।

को हुन् सुवेदी ?

२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी सफल युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत हुन् ।

सुवेदी सामाजिक संस्था लायन्स क्लब अफ नेपाल प्याराडाइजको अध्यक्ष, रोटरी क्लब अफ दरबारमार्गका सदस्यका समेत रहेका छन् । सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । उनी सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्षसमेत हुन् ।

टानको वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र अध्यक्ष भएर काम गरिसकेका उनी पर्यटन व्यवसायीमात्रै होइन नियात्राकारसमेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसकेका उनी धादिङ, ज्वालामुखीमा जन्मेका हुन् ।

सुवेदीले व्यवसायी र राज्यलाई थुप्रै योगदान दिइसकेका छन् । सुवेदी नेपाल सरकारद्वारा प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित समेत भएका छन् । पर्यटन र सामाजिक क्षेत्रमा सुवेदीले दिएको योगदानको कदर गर्दै सरकारले विभूषित गरेको हो ।

उद्योगी हकहितमा तत्पर

पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागेपनि महासंघमा गएपछि सबै क्षेत्रका उद्योगी व्यवसाय र व्यवसायीहरूको हकहितमा काम गर्ने सुवेदीले बताएका छन् ।

‘नेपाल उद्योग वाणिज्य महासंघ नेपालको उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने ठुलो र साझा संस्था हो’ सुवेदीले भने, ‘सबै क्षेत्रका उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण, उद्योग व्यवसायको विकास र विस्तारमा केन्द्रित भएर काम गर्ने छु ।’

नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसले सक्षम र समर्पित नेतृत्व पाउनुपर्ने सुवेदीको भनाइ छ । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरेर कुशलता र समर्पण प्रदर्शन गरिसकेकाले महासंघको सदस्यमा पनि आफ्नो जीत अनिवार्य रहेको सुवेदीले बताए ।

‘टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासंघमा पनि पुरा समय दिएर काम गर्ने छु ।’ सुवेदीले भने । पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पु¥याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासंघको सदस्यमा निर्वाचित गराउने सुवेदीको विश्वास छ ।

शुक्रबार, २४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो