काठमाडौँको वायु प्रदूषणको अनुभूत योग्य मापनका लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेश द्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले युयसएआईडी, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो राखेको हो ।

यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र छ । यो संयन्त्रले फोक्सोलाई मानिसले सास फेरे जस्तै सञ्चालन गर्छ । ३० दिनको अवधिमा वायु प्रदूषणले फोक्सोको रङ्गमा कस्तो प्रभाव पार्छ, यसलाई हेरिनेछ ।

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृत्रिम फोक्सोसँगै काठमाडौँको वायु प्रदूषणको मात्रा देखाइनेछ ।

वातावरण र जनस्वास्थ्यको सुधारका लागि निर्णयकर्तालाई यसले वास्तविक अवस्था देखाउनेछ । वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियाका लागि यसबाट तथ्य प्राप्त हुनेछ ।

विश्वका १३१ भन्दा धेरै देश वायु प्रदूषणसँग सम्बन्धित समस्यासँग जुधिरहेका छन् । सन् २०२२ मार्च ४ तारिखमा सार्वजनिक भएको स्वीस प्रविधिमा आधारित आइक्यु एअरको अध्ययनले धेरै वायु प्रदूषण हुने देशहरुमा नेपाललाई १६ औँ स्थानमा देखाएको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो । त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो । नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये दीर्घकालीन फोक्सोको रोग (सीओपिडी) एक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुन्छ ।

वायु प्रदूषणका लागि व्यक्तिका हरेक क्रियाकलाप जिम्मेवार हुन सक्छन् । उनीहरुका आचरणगत क्रियाकलापका कारण प्रदुषण बढाउन योगदान नगर्नेलाई पनि असर गरिरहेको हुन्छ ।

विश्व अहिले गैर संक्रामण रोगबाट हुने मृत्युको जोखिममा धकेलिँदै गएको छ । यसबेला सहरलाई मानव बसोबास अनुकुल बनाउन वायु प्रदूषण नियन्त्रण साझा मत निर्माण हुनुपर्ने आवश्यकता देखिएको छ ।

शुक्रबार, २४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान