कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ ।

किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् ।

तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताउनुभयो । “बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ”, उहाँले भन्नुभयो ।

केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन् । “हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानीले कुहिने हो कि भन्ने डर छ”, किसान प्रमिला चौधरीले भन्नुभयो । उहाँले आफ्ना छ महिनाको मेहनत कुहिन्छ कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

दाङ तोरी उत्पादनका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । यहाँ दुई याममा तोरी खेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि २५ हजार मेट्रिक टन तोरी उत्पादन हुने दाङस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दङ्गीशरण, शान्ति नगर र बवईलगायत क्षेत्रमा तोरी खेती हुने गरेको छ । जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गर्छ । केन्द्रका अनुसार २७ हजार छ सय हेक्टर जमिनमा मुसुरो खेती हुने गरेकामा करिब २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ बर्सेनि विभिन्न दुई दर्जन खाद्य बालीको खेती हुने केन्द्रको तथ्याङ्कमा उल्लेख छ । रासस

शुक्रबार, २४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे