बर्लिनस्थित नेपाली दूतावास, वार्सास्थित अवैतनिक वाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको सहकार्यमा विद्युतीय राहदानी फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

पोल्याण्डको राजधानी वार्सामा अप्रिल १ देखि ३ तारिखसम्म संचालन भएको घुम्ती सेवामा २१५ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन् । जसको उद्घाटन ३१ मार्चमा नै वार्सास्थित अवैतनिक वाणिज्यदूतावास कार्यालयबाटै भएको थियो ।

पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन बायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालयको बर्लिनस्थित नेपाल दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो ।

सन् २०२४ मार्च ३१ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (इ-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो ।

यसको सुपरीवेक्षण जर्मनी र पोल्याण्डका लागि नेपाली राजदूत रामकाजी खड्का र समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले गर्नुभएको थियो । सहजीकरण एनआरएनए एनसिसि पोल्याण्डले गरेको थियो ।

पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहजीकरण गरेको छ ।

घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट प्रेम भण्डारी पुग्नुभएको थियो । यस्तै पोल्याण्डमा रहेका समाजसेवीहरु डा. एलिनी पोख्रेल सुवेदी (एनआरएनए आइसिसी महिला सचिव), मित्रलाल पार्दे (ईनास ग्लोबलका सल्लाहकार), गोपाल राई, नरेश सापकोटा, कविन्द्र सुवेदी, उदयराज गिरी लगायत स्वयंसेवकहरुले विशेष सहयोग गर्नु भएको थियो ।

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान