सर्लाहीको बागमती नगरपालिका –११, कर्मैयामा बस्ती नजिकको वनमा लागेको डढेलो स्थानीय र नेपाली सेना लागेर नियन्त्रणमा लिएका छन् । चुरेपाखास्थित पशुपति सामुदायिक वन समूह कर्मैयामा लागेको डढेलो बिहीबार बिहान स्थानीय र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटिएको सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

पशुपति सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्का, हरिहर सामुदायिक वनका अध्यक्ष भीमसेन थापा, समाजसेवी पूर्णबहादुर पाण्डेसहितको नेतृत्वमा खटिएका आफूहरु र नेपाली सेनाका सेनानी उमेश राईको नेतृत्वमा खटिएको नेपाली सेनाको संयुक्त टोली भएर डढेलो निभाएको स्थानीय प्रकाश केसीले जानकारी दिनुभयो ।

सामुदायिक वनसँगै जोडिएका गाउँबस्ती र अन्य संरचनामा नोक्सानी हुने देखिएपछि सेनासँग समन्वय गरी डढेलो निभाउने काम गरिएको केसीले बताउनुभयो । सुक्खापन बढ्दै जाँदा सर्लाहीको विभिन्न वन क्षेत्रमा अहिले फेरि डढेलो लाग्न थालेको छ ।

डढेलोले वनका साना रुख विरुवा जलेर नष्ट भइरहेका छन् । दुई पटक वर्षा हुँदा यहाँका वन क्षेत्रमा लागेको डढेलो निभे पनि अहिले चर्को घाम लागेर हावाहुरी चल्न थालेपछि पुनः सुक्खा बढी वन क्षेत्रमा तेस्रो पटक डढेलो सल्किएको हो ।

वन कार्यालयका कर्मचारीले केही स्थानमा लागेको डढेलो निभाए पनि अधिकांश स्थानमा लागेको डढेलोले वन क्षेत्र सखाप पारिरहेको छ । वन छेउछाउका स्थानीय र गोठालाले वनमा डढेलो लगाइदिँदा निभाउन चुनौती हुँदैआएको छ । डढेलोले चुरेपाखाका विकट बस्तीमा दर्जनौँ घर जोखिममा परेका छन् भने वन्यजन्तु सुरक्षित स्थानको खोजीमा किसानको खेतबारीमा पस्न थालेका छन् ।

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे