Trending
संखुवासभाको चीनसंग सिमाना जोडिएको किम्माथांका नाका खोल्न सरकारसंग माग गरीएको छ ।
नाका लामो समयदेखि बन्द रहदा संखुवासभाको उत्तरी क्षेत्र भाटखोलाबासीले लामो समयदखि कष्टकर जिवन बिताउदै आउनु परेको छ । भोटखोलाबासीलाई संखुवासभाको सदरमुकाम खादरबारी आईपुग्न चारपाँच दिन लाग्छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेलागयतले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी जतिसक्दा चाडो किम्माथांका नाका खोल्न पहल गरीदिन आग्रह गरेकाछन् ।
उनीहरुले लामोसमयदेखि सिमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएकाछन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले आफूहरुले पटक पटक नाका खोल्न गरेको आग्रहलाई सरकारले बेवस्ता गरेको आरोप लगाउनुभयो ।
उहाँले किम्माथांकावासीको समस्या बुझिदिन पनि सरकारसंग माग गर्नु भएको छ । प्रधानमन्त्री दाहालले आफूले किम्माथांका नाका खोल्नकोलागि पहल गर्ने आवश्वासन दिनु भएको छ ।