संखुवासभाको चीनसंग सिमाना जोडिएको किम्माथांका नाका खोल्न सरकारसंग माग गरीएको छ ।

नाका लामो समयदेखि बन्द रहदा संखुवासभाको उत्तरी क्षेत्र भाटखोलाबासीले लामो समयदखि कष्टकर जिवन बिताउदै आउनु परेको छ । भोटखोलाबासीलाई संखुवासभाको सदरमुकाम खादरबारी आईपुग्न चारपाँच दिन लाग्छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेलागयतले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी जतिसक्दा चाडो किम्माथांका नाका खोल्न पहल गरीदिन आग्रह गरेकाछन् ।

उनीहरुले लामोसमयदेखि सिमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएकाछन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले आफूहरुले पटक पटक नाका खोल्न गरेको आग्रहलाई सरकारले बेवस्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले किम्माथांकावासीको समस्या बुझिदिन पनि सरकारसंग माग गर्नु भएको छ । प्रधानमन्त्री दाहालले आफूले किम्माथांका नाका खोल्नकोलागि पहल गर्ने आवश्वासन दिनु भएको छ ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो