पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विपन्न २० घर परिवारलाई निःशुल्क धारा वितरण गरेको छ । कावासोती नगरप्रमुख विष्णु भुसाल, संस्थाका अध्यक्ष दिपकराज लम्साल, खानेपानीका पूर्व अध्यक्ष भिम कंडेललगायत पदाधिकारीले संयुक्तरुपमा धारा हस्तान्तरण गर्नुभयो ।

धारा जडान, मिटर बक्स, पाइपलगायत जडान गर्दासम्म निःशुल्क हुनेगरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो । गत वर्ष पनि १० घर विपन्न परिवारलाई धारा वितरण गरेको बताउनुभयो । निःशुल्क धारा पाउँ भनी ५१ घरपरिवारले निवेदन दिएको भए पनि अति विपन्न परिवार छनोटगरी यस वर्ष २० जनालाई धारा वितरण गरिएको छ । बाँकी घरपरिवारलाई पनि वितरण गर्दैजाने उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका –५ का खेमबहादुर थापा निःशुल्क धारा वितरणमा आफु पनि छनोट हुँदा खुसी लागेको बताउनुभयो । अहिलेसम्म आफ्नो धारा नहुँदा समस्या भएको दिनहुँ अरुको धारामा पानी लिन कुर्नुपर्ने समस्या हटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरुको धाराबाट पानी खाने र आफुले प्रयोग गर्दा लाग्ने आधा शुल्क तिर्ने गर्दा धेरै समस्या भएको छ ।” उहाँजस्तै कावासोती नगरपालिका ९ का रेसकुमारी महतोले पनि आफ्नो धारा नहुँदा अरुको धाराबाट सवा मिटरबाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्दा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष भिम कंडेलले स्वच्छ र सफा पानी पाउनु सबैको अधिकार भएको र २० देखि ४० प्रतिशत पानी चुहावट हुनेगरेको बताउनुभयो । विविध कारणले पानी चुहावट भएकाले यसतर्फ सबै लाभग्राही सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रममा नगरप्रमुख विष्णु् भुसालले कावासोतीका बासिन्दा कोही पनि सफा खानेपानीबाट वञ्चित हुन नहुने भन्दै सबै वडासँग सहकार्य गरी धारा वितरण गर्न सहयोग गर्ने बताउनुभयो । धारा वितरण कार्यक्रमको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो