आज जैन धर्मका प्रवर्तक महावीरको २६ सय २२ औं जन्मजयन्तीका अवसरमा काठमाडौमा बिशाल ¥याली निकालिएको छ । अहिंसा र शान्तिका अग्रदूत जैन धर्मका २४ औं तीर्थकर महावीरको कल्याणक समारोहका अवरमा ¥याली निकालिएको हो ।

नैपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा बिश्व शान्ति, आपसी सद्भावको कामना गरीएको थियो । हिंसा अन्त्य गर्नु पर्ने र भाईचाराको सम्बन्धलाई जोड दिईएको थियो । ¥याली काठमाडौ शहरका बिभिन्न स्थानको परिक्रमा पछि जैन भवनमा आएर शभामा परिणत भएको थियो । समारोहलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभयो ।

उहाँले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताउनुभयो । उहाँले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । उहाँले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनुयायीहरु सफल रहेको पनि बताउनुभयो । कार्यक्रमका सहभागिहरुले जैन धर्मवालम्बिहरुको अनुशासन र उनीहरुले देखाएको शान्तिको बाटो सबैकालागि उदाहरणीय रहेकोमा जोड दिएका थिए ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो