file photo

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रमा देखिएका जटिलता हटाउन पहल गरिरहेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा समय माग गरी मन्त्री भुसालले किसानलाई समयमा नै मल, बिउ उपलब्ध गराउन, बाझो जमिनलाई पुनः खेतीयोग्य बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भुसालले कृषि उत्पादनलाई बजारसँग जोड्न तथा कृषिलाई प्रविधिमैत्री र औद्योगीकरण गर्न देखिएका जटिलताहरू हटाउन आफूले  उपयुक्त योजना बनाएर अघि बढ्ने धारणा राख्नुभयो ।

मन्त्री भुसालले कृषि क्षेत्रको समग्र समस्या समाधानका लागि सांसदहरूको सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो