कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम कीर्तिपुर नगरपालिकामा रहेका कृषि उत्पादन समुहमा आवद्ध भएका १०० भन्दा बढी सदस्यहरुलाई कृषि सामग्री वितरण गरेको छ ।

पुर्णतया अनुदानमा उपलब्ध गराएको कृषि उपकरणहरुमा पावरटिलर, मकै छोडाउने मेशिन, प्लाष्टिक टनेल, थोपा सिंचाई सेट, पानी ट्यांकी ५०० लिटर, नरम पाइप, पानी तान्ने मेशिन, कम्पोष्ट विन लगायतका सामग्री उपलब्ध गराएको हो ।

उक्त सामग्रीहरु कीर्तिपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष खिरमान सि‌‌‌ह बस्नेत, वडा नं. ४ का कार्य वाहक अध्यक्ष दिनेश चन्द्र दाहाल, कीर्तिपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनुज प्रधानले हस्तान्तरण गर्नु भएको थियो । सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वडा नं. ६ का अध्यक्ष खिरमान सिंह बस्नेतले भन्नुभयो, ‘यी सामग्रीले कृषि उत्पादनमा सहयोग गर्ने र विषादी रहित तरकारी उत्पादनमा प्राथमिकता दिन सल्लाह दिनुभयो । ’

मिहिनेती कृषि उत्पादन समुह कीर्तिपुर नगरपालिका वडा नं. ६ की सदस्य रीता रञ्जितकारले गत वर्ष एउटा टनेलबाट झण्डै ४५ हजारको गोलभेडा विक्री गरेको र आगामी दिनमा थप उत्पादन हुने र विक्री बाट भएको आम्दानीबाट घरायसी खर्च गर्नुको साथै वालवाललिकाको शिक्षामा पनि केही रकम छुट्याउने बताउनु भयो ।

सामग्री वितरण कीर्तिपुर नगरपालिका वडा नं. ४, ५ र ६ लाई लक्षित गरीएको र यो सामग्री वितरणबाट समुदायको खाद्य सुरक्षा प्रणाली मजबुद गर्न सहयोग पुग्ने विश्वास असल छिमेकी नेपाल शहरी पोषण तथा उत्थाशिल जिविकोपार्जन परियोजना संयोजक जगतराज भाटले बताउनुभयोे ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा