file photo

नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

मूल्य समायोजन पछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँमै यथावत् राखिएको छ ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो