संखुवासभाको मकालुबाट परिवारसहित एकजना बिरामीको उद्धार गरीएको छ । सेभेन समिट ट्रेकका डाईरेक्टर तथा कीर्तिमानी आरोहि मिङ्मा शेर्पाले बिरामी मकालु गाउँपालिका माङबितेङका नादोर्ची शेर्पाको उद्धार गरेका हुन् ।

उन्लाई आफ्नै हेलिकोप्टरबाट बिरामी र बिरामीको हेरचाह गर्ने परिवारलाई काठमाडौसम्म ल्याउन सहयोग गरेका हुन् । आर्थिक समस्याका कारण लामो समयदेखि उपचार नगरी रोग पाल्न बाध्य शेर्पाको घुडादेखि तलको भाग नचल्ने अवस्थामा पुगि सकेको छ ।

सरकारले ग्रामिणमुखि स्वास्थ्य सेवाको नारा दिए पनि गाउँसम्म अझै स्वास्थ्य सेवा पुग्न सकेको छैन् । जसले गर्दा यस्ता धेरै नागरिकको रोग पालेर बस्नु बाहेक अन्य बिकल्प बन्न सकेको छ्रैन् । बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण उन्लाई काठमाडौमा उपचारकालागि फोटीन पिकस् एक्सपिडिसनका डिरेक्टर युवा पर्यटन व्यवसायी टासीलाक्पा शेर्पाले एकलाख रुपैया सहयोग गर्नु भएको छ ।

स्वास्थ्य क्षेत्रमा सर्वसाधरणको पहुँच नहुँदा अझै पनि ग्रामिण क्षेत्रमा रोग लुकाएर बस्नु पर्ने बाध्यता छ । अझ दुर्गम क्षेत्रमा त सहज रुपमा स्वास्थ्य सेवा पुग्न अझै धेरै बर्ष कुर्नु पर्ने देखिन्छ ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो