राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन भएको छ ।

लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशकालागि छनौट भएका उनीहरुलाई तालिम दिएको हो । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा दुईहप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुग्ने बताउनुभयो ।

संस्थाको उत्पादकत्व वृद्धि गर्न युवा जनशक्ति उपयोग हुने उहाँको भनाई थियो । उहाँले अन्य प्रदेशका सहायकस्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीयुक्त हुने पनि बताउनुभयो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोगमार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराउनुभएको थियो ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख पदमा लक्ष्मी जि.सी., मानव संसाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २ सय ६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छ ।

सोमवार, २० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो