अमेरिकाको न्यूयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार, दिलकुमारी केसी स्मृति प्रतिष्ठानका सल्लाहकार, हामी नेपाली ग्लोवलका प्रथम उपाध्यक्ष, नवराज केसी सम्मानित हुनु भएको छ ।

उहाँलाई अमेरिकामा भएको एक कार्यक्रमकाबीच सम्मानित गरीएको हो । सामाजिक अभियान्ता र कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर एशोसियसनका अध्यक्षसमेत रहेका केसीलाई सामाजिक क्षेत्रमा योगदान पु¥यावापत सम्मानित गरीएको हो । उहाँ लामो समयदेखि अमेरिकामा हुनुहुन्छ ।

अमेरिकामा रहँदासमेत नेपालको बिकासमा बिशेष चासो राख्ने केसीले नेपालमा सामाजिक अभियान मार्फत बिभिन्न सामाजिक काम गरी रहनु भएको छ । मुख्य गरेर ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्यक्षेत्रमा उहाँ लामो समयदेखि क्रियाशिल हुनुहुछ । अन्तराष्ट्रिय नारि दिवसको अवसर र भ्वाईसेस अफ इमिग्रेंट वुमेन जर्नलको बिमोचनमा उहाँलाई सम्मानित गरीएको हो । कार्यक्रमकी प्रमुख अतिथि सुकु रुम्दाली राई, जर्नलकी अध्यक्ष इन्दिरा चोङबाङले पत्रकारिता क्षेत्र र सामाजिक अभियान्ताबीचको सम्बन्धको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यसैगरी डा. प्रोफेसर रेजिता नेयर, प्रोफेसर लरे याङ, नेपालकालागि पर्यटन दुत केशवराम राईलगायतले नेपाली समाज र सामाजिक दायित्वका बिषयमा बोल्नु भएको थियो । महिला र पुरुषबीचको सामाजिक बिभेदलाई उन्मुलन गर्न नयाँ पीडिको भूमिका हुनेमा कार्यक्रममा जोड दिईएको थियो ।

म हैन, हामीबाटै अगाडी बढ्न सकीने भन्दै सबै मिलेर बिकास गर्न सकीने भएकाले सबैमा एकताको खाँचो औल्याईएको थियो । अन्य वक्ताहरुले पनि सामाजिक क्षेत्रबाट परिर्वतन सम्भव हुने भन्दै सम्मानित केसीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

सोमवार, २० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा