Trending
डोका बुन्नु, कोक्रो बुन्नु, मान्द्रो, गुन्द्री बुन्नु,बासँको चोयाबाट रहर लाग्दा घरेलु दैनिक उपभोग्य सामाग्रि उत्पादन गर्नु कति राम्रो कुरा ।
तर, किन हो यता तर्फ मान्छेले त्यति ध्यान दिएको पाईदैन् । सिप सिकेर मेहनत र पसिनाबाट भएको कमाईको मूल्य नभएको समाज यो हुन त व्यर्थ छ । तर, शारिरीक रुपले अशक्त व्यक्तिले समेत कसैको मुख नताकी आफ्नै सिपबाट दैनिकी चलाई रहेकाछन् ।
पेट भर्ने काम त सडकमा भौतारिने कुकुरले नि गर्छ । तर हिम्मत नहुनेहरुले भने समय त्यतिकै सुतेरै कटाई रहेका पनि हुन्छन् । त्यस्ताका लागि केहि गर्नु पर्छ भन्ने उदाहरण बनेका छन शारिरीक अपाङ्गता भएका यी तेम्बा शेर्पा । हात खुट्टा हुनेलाई देशबिदेशमा काम गर्न रोकटोक छैन । तर यीनले भने चोयाको सामान बुनेर बजारसम्म पु¥याउछन् ।
जागर भए जहाँ पुगेर जस्तो काम गरेर पनि पैसा कमाउन सकीन्छ र जीवन परिवर्तन गर्न सकीन्छ भन्ने बुझाई शेर्पाको छ । संखुवासभाको चैनपुर नगरपालिका –३ का शेर्पा जन्मजात नै शारिरीक रुपले अशक्त हुन् । जो अन्तराष्ट्रिय अपाङ्गता दिवसका दिन सम्मानित पनि भए । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा खोजि हुदै गर्दा तेम्बा शेर्पा उत्कृष्ट छनौटमा परेका हुन् ।
हुन त उन्का बुबा पनि पूर्ण रुपमा शारिरीक रुपले अपाङ्ग छन् । शारिरीक रुपले अशक्त व्यक्ति पनि समाजमा त्यसै बस्न हुदैन भन्ने उदाहरण दिन उन्ले धेरै मेहनत गरे । उन्को सिपबाट बनेका सामाग्री अहिले पालिकाले खरिद गरीदिने गरेको छ । शेर्पाको आर्थिक अवस्था दयनीय भएकाले उन्लाई सहयोग गर्न उन्ले बुनेका सबै सामाग्री करुणा फाउण्डेशनले समेत किनेर बिराटनगरसम्म पु¥याउने गरेको छ ।
उन्ले बुनेका कोक्रो चैनपुर नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा आवश्यक बच्चाको तौल मापनकोलागि २६ वटा खरिद भई सकेको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम मार्फत यस्ता सिपको प्रतिभा भएका शारिरीक रुपले अशक्तहरुकालागि बिभिन्न कार्यक्रम अगाडी बढाईएको छ । तर, तेम्बाको भने फरक छ । उनी शारिरीक रुपले आफै अशक्तछन् ।
तर, पनि आफै बाच्नु पर्छ भन्ने मान्यता राख्छन् । उनी बिहानैदेखि बेलुकीसम्म मेहनत गर्छन् । उन्लाई समानको अर्डर लिन पनि भ्याई नभ्याई हुन्छ । त्यसैले पनि उनी गाउँ मात्र नभएर जिल्लाकै अपाङ्गता भएका व्यक्तिहरुकालागि मात्र हैन, सपाङ्गता भएका व्यक्तिहरुकालागि पनि उदाहरणीय बनेकाछन् ।