पाँचथरको फालेलुङ गाउँपालिकामा छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव चैत ३० देखी वैशाख २ गते  हुने भएको छ ।

महोत्सव पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकाको चाररातेमा हुने भएको छ । भारतको सिमाना नजिक रहेको यो महोत्सव नयाँ वर्षमा आयोजना हुन लागेको हो ।  विश्वमै लोपोन्मुख चौँरी संस्कृतिको जगेर्ना गर्नु , उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्न ,विश्वमै लोपोन्मुख रेडपाण्डा र जैविक विविधताको संरक्षण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउनुभयो ।

महोत्सवमा चौँरी र चौरीजन्य उत्पादनको प्रदर्शनी, गोठ पर्यटनको प्रवद्र्धन, उच्च पहाडी क्षेत्रको अवलोकन, सांस्कृतिक कार्यक्रम राखिएको छ । फुटबल प्रतियोगिता समेते हुने भएको  छ । अग्लो स्थानमा हुने प्रतियोगितामा १६ टिमको सहभागी हुने बताइएको छ । महोत्सवले गोठ स्टेलाई प्रवद्र्धन गर्ने छ ।

फालेलुङ गाउँपालिको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव , पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतको आकर्षण रहने आयोजकले जनाएको  छ ।

महोत्सव सहरी विकास मन्त्री सिता गुरुङको प्रमुख अतिथ्यतामा हुने भएको छ । महोत्सवका लागि आवश्यक तयारी अगाडी बढाइएको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दिपज्योती युवा क्लबले जानकारी दिएको छ ।

सोमवार, २० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे