कन्थराजथानभीरको पुछार र बेनी–बागलुङ सडक खण्डको सिरानमा छ‚ खबरा गाउँ। पूर्वतर्फ मोहडा परेको चिटिक्कको खबरा गाउँ उर्वर छ। समृद्ध छ। खबराको समृद्धि वैदेशिक रोजगारबाट होइन गाउँमै गरिएको केराखेतीबाट प्राप्त भएको हो।

बेनी नगरपालिका-२ मा पर्ने यो गाउँमा गरिएको केराखेतीबाट यहाँका किसानले वार्षिक दुई करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केराखेतीबाट दुईवटा गाउँमा वार्षिक दुई करोडभन्दा बढी रकम भित्रिने गरेको छ।

खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले ५० लाख रुपैयाँको केरा बेच्ने गरेका छन्। यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन्। व्यापारीहरू केरा घरीमा आएर केरा खरिद गर्ने गरेका खबराका अगुवा कृषक शोभत शर्मा सापकोटाले बताउनुभयो।

खबराका किसानले विगत १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका हुन्। बजारमा ‘खबराको केरा’ को ब्राण्ड बनेको विगत १० वर्षदेखि खबरामा केरा खेती गर्दै आएका अगुवा कृषक सापकोटाको भनाइ छ। केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ। खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो।

खबरामा केरी खेती शुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन्। थापा र कार्कीले शुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको स्थानीय तेजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रूपमा केरा खेती थालेका हुन्। अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसानहरू केरा खेतीतर्फ आकर्षित भएका हुन्। खबराका प्रत्येक घरधुरीले व्यावसायिक रूपमा हजारी जातको केराको खेती गरेको र वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँमा भित्रिने गरेको कार्कीले बताउनुभयो।

स्थानीय शोभित सापकोटाले विगत १० वर्ष देखि व्यावसायिक रूपमा केरा खेती गरेर गाउँमै पक्की घरसमेत बनाएका छन्। करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउँनु हुन्छ। परम्परागत खाद्य बालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताउनुभयो।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीतर्फ खबराका किसान आकर्षित भएका हुन्। विरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकै रहेको बेनीबजारमा सहजै बिक्री हुन्छ। ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ’‚ बविता सापकोटाले भनिन्, ‘५ रोपनी जमिनमा केराखेती गरेका छौं। वार्षिक रूपमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’

त्यसैगरी बेनीनगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतमा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्। अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकले बताउँछन्।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताउनुभयो। कार्कीले खेतका गह्रामा ​केराका ५ सय बिरुवा लगाएका छन्। तीन सय केरा घरीले उत्पादन दिन थालेका उहाँले बताउनुभयो।

मजदूर अभावमा जमिन बाँझो रहन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीय बासिन्दा भीमबहादुर कार्कीले बताउनुभयो। एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। पाकेको एक दर्जन केरा सयका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन्।

आइतवार, १९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा