कृषिलाई पर्यटन र समृद्धिका लागि जोड्न नेपालको कृषि, जैविक विविधता र घरेलु पर्यटनलाई संगसंगै जोड्ने उद्धेश्यले कृषि पर्यटन अभियान सञ्चालन गरीएको छ ।
कृषि क्षेत्रमा लामो समय बिज्ञता र अनुभव हासिल गरेका बिज्ञहरुबाट मुना कृषिले आतिथ्यता गरेको कार्यक्रमबाट अभियानलाई अगाडि बढाईने भएको हो । मुख्य व्यवस्थापक सीता पाण्डेले रैथाने स्थानिय कृषि उपजहरुसँग जोडिएका अनगिन्ती प्रयासहरुलाई सिधै पर्यटनसँग जोडेर समृद्धि प्राप्तिका लागि लामो यात्रा तय गरीने बताउनुभयो । अभियानलाई दुई दर्जन अभियान्ताहरुको साझा प्रयासलाई तिलक ढकालले नेतृत्व गर्नुभएको छ ।
यस अभियानमा खाद्य बैक, ग्याष्ट्रोनोमी टुरिज्म, कलीनरी सेफ ग्रुप, सबा नेपाल, रैथाने एग्रो लगायत मुना पनि जोडिएको जनाइएको छ । आजको बैठकले कृषि पर्यटन अभियान कृपासमेत नामाकरण गरेको छ । यसैबीच मुनाले सामुदायिक पर्यटनका लागि स्थानिय रैथाने कृषि प्रबर्दन गर्दै समृद्धिको यात्रा तय गर्नको लागि एक्यबद्धता जनाउदै कृषिलाई पर्यटनसंग जोड्दै दिर्घकालिन योजना बनेको जनाएको छ ।
मुनाले अबको भविश्य कृषि पर्यटन भएकाले संगै जानु पर्ने धारणा पनि राखेको छ ।