झापाको सबैभन्दा धेरै हात्ती प्रभावित क्षेत्रको रूपमा चिनिएको बाहुणडाँगीमा ‘किसानको हात, वडाको साथ’ कार्यक्रम सुरु गरिएको छ । यस कार्यक्रम अन्तर्गत किसानले लगाएको बाली बीमा र हात्तीले नखाने बाली लगाउने अभियान सुरु गरिएको जनाइएको छ ।

मेचीनगर नगरपालिकाको वडा नं. ४ मा यस्तो कार्यक्रम सुरु गरिएको हो । प्रारम्भिक चरणमा सामूहिक खेतीका लागि प्रोत्साहन गरिने र बिस्तारै सबै किसानहरूसम्म पुग्ने लक्ष्य रहेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ । यस वडाको प्रधान गाउँमा अहिले नमुनाको रूपमा अढाइ बिगाहा यस प्रकारले सामूहिक खेती सुरु गरिएको हो ।

स्थानीयले हात्ती मैत्री किसान समूह बनाएर सामूहिक खेती सुरु गरेपछि वडाले पनि यसका लागि बजेट दिने भएको छ । उक्त कृषि खेती गर्ने समूहलाई वडा कार्यालयले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने पनि वडाध्यक्ष कार्कीले बताउनुभएको छ । किसानहरू आफैँले प्रति किसान ५ हजार रुपियाँ उठाउनु भएको छ र हामी उहाँहरूलाई सहयोग गर्छौँ, उहाँले भन्नुभयो ।

हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यकाअनुसार आफूहरूले पहिलो चरणमा आलु खेती गरेको बताउनुभयो । अब हामी नगदेबाली लगाउँछौँ र त्यसमा पनि सकेसम्म हात्तीले क्षति नगर्ने बाली रोज्छौ, उहाँले भन्नुभयो । हात्तीले क्षति गरेका कारण धेरै नै सास्ती व्योहार्नु परेकाले अब बीमा गर्ने पनि आचार्यले जनाउनुभयो ।

कोदो, तोरी, रहरी दाल, अधुवा, बेसार, पिँडालुलगायतका उत्पादनहरू हात्तीले नखाने भएकाले यसको व्यावसायिक खेती गर्न आफूहरूले सम्भाव्यता अध्ययन गरिरहेको पनि आचार्यले बताउनुभयो । हामी जे लगाएर उत्पादन गर्छौँ त्यो विषादीरहित हुनेछ, उहाँले भन्नुभयो ।

हात्ती प्रभावित क्षेत्रका किसानहरूको बाली बीमा नगरपालिकाले नै गरिदिने भएपछि किसानहरू पनि खुसी छन् । नगरपालिका कार्यपालिकाको हालै बसेको बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा बीमा गरिदिने निर्णय गरेको बताइएको छ । बीमा गरेपछि क्षतिपूर्ति तथा किसानको लगानी डुब्ने चिन्ता हुँदैन, वडाध्यक्ष कार्कीले भन्नुभयो ।

शनिबार, १८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा