सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले अब निजी क्लिनिकमा संलग्न हुन नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा संलग्न चिकित्सकहरुलाई आफ्नो नाम हटाउन निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरी निजी क्लिनिकहरुबाट नाम हटाउन चिकित्सकहरुलाई निर्देशन दिँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपालमा निजी क्लिनिकहरूले नाम चलेका सरकारी अस्पतालमा कार्यरत डाक्टरका नाम राखेर क्लिनिक सञ्चालन गर्दै आएका छन् । विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम विभिन्न निजी क्लिनिकहरुमा प्रयोग भईरहेको पाइएको भन्दै मन्त्रालयले त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ को आचारसंहिता उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्न नपाइने पनि मन्त्रालयले स्मरण गराएको छ ।

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान